आज ०५ कार्तिक २०७६ मंगलवार को राशिफल

मेष- (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । बन्दव्यापारमा मन्दी छाउनेछ ।

मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, हा)राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

सिंह –(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साँझमा आर्थिक सङ्कट आउन सक्छ ।

तुला- (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमणीय र सुखद् यात्राको योग छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

धनु – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आइलाग्नेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमकोपनि उचित मूल्याङ्कन हुनेछ ।

वृष- (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

कन्या – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

वृश्चिक- (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेषसहयोग मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

मकर – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नसोचेको ठाउँ बाट धन हात पर्नेछ । नयाँ काममा हात हाल्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा अधिक धनार्जन हुनेछ ।

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । छोटो दुरीको लाभदायक यात्रा रहला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस