आज२८ आश्विन २०७६ मंगलवारको राशिफल

मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । शुभकार्यको चर्चापनि चल्नेछ ।

मिथुन- (का, कि, कु, घ, ङ, छ, के, को, हा) मिथुन शुभकार्यको चर्चा चल्नेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको सहयोग पाईनेछ । विश्वास गरेकाले साथ दिनेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

तुला – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । माइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समयछ ।

धनु- (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । सन्तान सुख मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । बिनाप्रतिस्पर्धा फाइदा हुने छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिपनि भईएला ।

वृष – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनैतिक कार्यमा बाधा आउनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

कर्कट- (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।
कन्या

कन्या – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्यमा समस्या आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेममा बाधाका साथै मन कमजोर रहला । वैदेशिक क्षेत्रपनि कमजोर रहनेछ ।

वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्नेछ ।

मकर – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मन खिन्न हुने स्थिति आउनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्तापनि बढ्न सक्छ ।

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । बन्धु–बान्धवबाट सहयोगपनि मिल्नेछ । ( ज्यो।प। नारायणप्रसाद दुलाल

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस