आयोजक सेमीफाईनलमा

बुटवल ।  स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ अन्तरगत शनिबारको खेलमा आयोजक सयपत्री युवा क्लब विजयी हुदै सेमीफाईनलमा प्रवेश गरेको छ । पाल्पा–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक सेमीफाईनलमा स्थान बनाएको हो ।

रामनगर खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलको २० औ मिनेटमा सुस्मित केसीले गोल गर्दै खेलमा अग्रता लिएका थिए । तर त्यो अग्रता धेरै बेर टिक्न सकेन । खेलको ४४ औ मिनेटमा आयोजक सयपत्रीका सुर्य थापाले बराबरी गोल गरेका थिए ।

खेलको ८४ औ मिनेटमा सयपत्रीका सरोज योन्जनले निर्णायक गोल गरेका थिए । उनले डिफेन्सलाई छकाएर आर्कषक गोल गर्दै टिमलाई विजयी बनाए । खेलमा उनी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

आईतबार दोस्रो क्वाटरफाईनल खेलमा सुनौलो संगम युवा क्लब देविनगर र चितवन ११ का बिचमा हुने सचिव सन्तोष गुरुङले बताए । कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा प्रतियोगितामा १२ टिमले भाग लिएका छन ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस