शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सूर्य भुसाल
अर्घाखाँची । नेपाली कांग्रेस प्रकाशन तथा प्रचार प्रसार विभाग अर्घाखाँचीको आयोजनामा नेपालीहरुको महानचाड विजया दशमीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

विपि स्मृति भवन सन्धिखर्कमा भएको कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल (मुस्कान) ले बर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउनु भयो । उँहाले जनताको हितमा भन्दा पनि आफु र आफ्ना नेताको हितमा बर्तमान सरकार लागि परेको बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका पुर्व पाटी सभापति पिताम्वर शर्मा, कमल प्रसाद भुसाल, प्रदेश सांसद निर्मला क्षेत्री, जिल्ला उप सभापति शान्ता भण्डारी , सचिव छविलाल पौडेल, विष्णु भुसाल, सहसचिव ईन्सु मिया, क्षेत्रीय सभापति अच्युत गौतम, महा समिति सदस्य यादव प्रसाद घिमिरे, केशव श्रेष्ठ, सुर्य अधिकारी, महाधिबेसन प्रतिनिधि लोकेन्द्र विक, कृष्ण खनाल, अशोक कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम प्रकाशन तथा प्रचार प्रसार विभागका विभागिय प्रमुख माधव प्रसाद पौडेलको अध्यक्षता, सदस्य विष्णु भुसालको स्वागत मन्तब्य र सचिव प्रेमनारायण आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस