१० लाख पर्यटक भित्रिए, २० लाख भित्र्याउने आधार बन्दै

काठमाडैं ।  विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो ।

नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा पर्यटकको सङ्ख्यामा आएको वृद्धिले कुल पर्यटक सङ्ख्या बढाउन सहयोग पुगेको छ ।

विभागका अनुसार अक्टोबरमा मात्रै एक लाख ४३ हजार विदेशी नेपाल आएका छन् । अघिल्लो वर्षको अक्टोबरमा यस्तो सङ्ख्या करिब एक लाख ३१ हजार थियो । यस हिसाबले अक्टोबरमा भित्रिने पर्यटकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतको वृद्धि आएको छ । गोरखापत्र

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस