पदमार्ग निरिक्षण तथा सर्वे

सूर्य भुसाल
अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं.६ स्थित नरपानीमा रहेको वन क्षेत्रमा पदमार्गको निर्माण लागि सर्वे तथा निरिक्षण को काम सम्पन्न भएको छ ।

नरपानी कालिकाठी पाणिनि तपोभूमि पर्यटन पदमार्ग निर्माण अभियान अन्तरगत यो मार्ग निर्माण हुन थालेको हो ।अहिले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय ५ नं. प्रदेश को विनियोजित बजेट पचासलाख बाट पदमार्ग निर्माणका लागि डिभिजन वन कार्यालय अर्घाखाँची को सर्वे, निर्देशन अनुगमन मा कार्य प्रारम्भ हुन थालेको छ ।

सो कार्य सम्पन्न गर्नका लागि कार्यालय प्रमुख डिभिजनल वन अधिकृत शिव प्रसाद शर्मा सहितको प्राविधिक टोलीले शनिवार एक हजार त्रिसट्ठी मिटर क्षेत्रको सर्वे गरेको छ ।सर्वेमा सहायक वन अधिकृत अनिल कुमार महतो ,शिला पोख्रेल ,मोतिराम पौडेल र हरि बहादुर थापा रहनु भएको थियो ।

त्यसैगरि स्थानीय उपभोक्ता वडा नं. ६ वडा सदस्य यमकला थापा समाजसेवी प्रितम के.सि. पिताम्वर खासु , दल बहादुर खत्री, लेख बहादुर टण्डन ,मोहन बिक्रम के।सि ।पत्रकार हिम लेकाली सो टिममा सम्लग्न रहनुभएको थियो ।

सर्वे गरियका क्षेत्रमा प्रतिक्षालय निर्माण ,रोल (भङ्गदालो ) तारबार र सिडि सहितको पदमार्ग निर्माण गरिनेभयको छ । नरपानि सहिद पार्क बाट सुरूहुने उक्त पदमार्ग २०७४ बाट कार्य आरम्भ भएको थियो त्यतिबेला कालापातल तारे पहरा सामुदायिक वन को ठुलढुङ्गा सम्म पाँच सय मिटर पक्कि पदमार्ग बनिसकेको थियो भने अब ठुलढुङ्गा बाट मसिना पोखरि सम्म पदमार्ग बन्ने भएको छ ।

अर्घाखाँची जिल्लाको प्रचुर पर्यटकिय विकासको सम्भावनालाई द्रिष्टिगत गरि सो को पूर्वाधार विकासमा पदमार्ग निर्माणका लागि २०६८ साल देखि राज्यलेू नरपानि कालिकाठि पाणिनि तपोभूमि (दह)पर्यटकिय पदमार्गको लागि सिफारिस दियको छ ।

सो अनुसार अर्घाखाँची पर्यटकीय पूर्वाधार विकास समिति सन्धिखर्क तथा पर्यटन मन्त्रालयको टेण्डर प्रकृयामा पाणिनि तपोभुमिदेखि कालिकाठी सम्म २०७० देखि ०७३ सम्म पटक पटक गरि प्रतिक्षालय ,मोटरबाटो तथा पदमार्ग निर्माण गरियको पूर्वाधार विकास समिति अध्यक्ष लेख बहादुर टण्डनले बताउनु भएको छ । यसरी थालनी गरियको पदमार्ग केही वर्षमा जोडिने छ र लक्ष प्राप्ति गर्ने छ भन्नेमा आशा लिन सकिन्छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस