विपी विचारले वृत्तचित्र प्रर्दशन गर्ने

बुटवल । विपी विचार राष्ट्रिय समाज रुपन्देहीले हाईज्याकिङ फर डेमोक्रेशी नामक बृत चित्र प्रर्दशन गर्ने भएको छ ।

देशमा प्रजातन्त्र र लोकतन्त्र ल्याउनका लागि विपी लगायतका नेताहरुले गरेको अथक योगदानका विषयमा जानकारी गराउने उदेश्यले राजनितिक विषयवस्तु समेटिएको बृतचित्र प्रर्दशन गर्न लागिएको समाजका जिल्ला अध्यक्ष शरद भट्टराईले बताउनु भयो ।

बुटवलको मिलन चलचित्र हलमा मंसिर ३० गते प्रर्दशन गरिने डकुमेन्ट्रीका अवलोकनका लागि टिकट दर १ हजार रुपैया राखिएको छ ।

प्रजातन्त्रका लागि चलिरहेको आन्दोलनका वेला २०२८ सालमा विराटनगरबाट काठमाडौं जार्दै गरेको जहाज कांग्रेस नेताहरुले अपहरण गरेका थिए । उक्त जहाजवाट लुटिएको पैसा आन्दोलन परिचालनका लागि खर्च गरिएको थियो । वृत्त बृतचित्र निमार्णको काम बसन्त भट्राईले गरेका हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस