निष्पक्षको साधारण सभा

बुटवल । निष्पक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो सातौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

कार्यक्रमका शनिबार एक समारोहका बिच बुटवल उपमहानगरपालिका सहकारी शाखा कार्यालयका प्रमुख गुणाखर खनालले उद्घाटन गर्दै शेयर सदस्यहरु बृद्घिसंगै तालिम र अभिमुखिकरण जरुरी रहेको बताए । सहकारीका अध्यक्ष मानकाजी श्रेष्ठले संस्था र शेयरसदस्यको हितलाई मुख्य केन्द्र उदेश्य लिएर अघि बढेको बताए ।

वडा नं १० र ११ लाई केन्द्र मानेर सदस्य बनाएको सहकारी अब कार्यक्षेत्र बढाउन उनको तर्क छ । कार्यक्रममा सहकारीका सल्लाहकार केदार प्रसाद श्रेष्ठ, तपोभुमि सहकारीका अध्यक्ष धर्मराज पौडेल, प्रहरी नायव उपरिक्षक सुभाष गैरे, सहकारीका संस्थापक अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ, शेयरसदस्य लक्ष्मण श्रेष्ठले बचत तथा ऋणसंगै सहकारी अब उत्पादनशिल क्षेत्रमा लगानी गर्न जरुरी रहेको छ ।

कार्यक्रममा जेष्ठ नागरिक, एसईईमा उत्कृष्ट नजिता ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान लगायत गरिएको छ । विस २०७० सालमा स्थापना भएको सहकारीमा ५ सय २५ जना शेयर सदस्य रहेका छन ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस