युवा सञ्जाल नेपालको अध्यक्षमा खाती

तिलोत्तमा  । युवा सञ्जाल नेपालतिलोत्तमा १५ कोटिहवाको चौथो साधारण सभातथा तेस्रो अधिवेशनले मानबहादुर खातीको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको छ ।

आज तिलोत्तमा १५ पथ्थर डाडा स्थित मिडप्वाइन्ट रिसोर्टमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा लालमणी भुसाल, महासचिवमा शिव प्रसाद गैरे, सचिवमा पुरुषोत्तम सुवेदी, कोषाध्यक्षमा तारा प्रसाद नेपाल चयन भएकाछन् ।

त्यसैगरी सदस्यहरु मा तोयाराम बस्याल, ईश्वर बुढाथोकी, पशुपति भण्डारी, झविथापा, बिष्णु प्रसाद भट्टराई, चयन भएकाछन् । निर्वतमानअध्यक्ष अर्जुन बस्याललाई पदेन सदस्य बनाईएको छ भने सल्लाहकार पछि चयन गरिने महासचिवशिव प्रसाद गैरेले जानकारी दिए ।

तिलोत्तमाको कोटीहवाका युवायुवतीको सक्रियतामा २०६८ सालमा स्थापीत सस्थाले एम्लुलेन्स सेवाप्रदानगर्दै आएको छ भने अन्यथुप्रै सामाजिक सेवागर्दै आएको सस्थाले जनाएको छ ।

साथै आगामि दिनमा पनि बिगतमा कार्यक्रमलाई निरन्तरता दिनुका साथै यहीआर्थिक बर्ष भित्र तिलोत्तमा नगरपालिका भित्रका सामुदायिक तथा सस्थागत बिद्यालयको कक्षा ८ र ९ मापढ्ने बिद्यार्थीसंग लागु पदार्थ बिरुद्धको जनचेतना कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको कोषाध्यक्ष तारा प्रसाद नेपालले जानकारी दिए ।

सञ्जालका अध्यक्ष अर्जुन बस्यालको अध्यक्षता,महा सचिवशिव प्रसाद गैरेको सञ्चालन तथा सदस्य तारा प्रसाद नेपालको संयोजकत्वमा भएको कार्यक्रममा तिलोत्तमा वडा नं १५का अध्यक्ष खेमराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष बस्यालले आगामी कार्यक्रम सहितवार्षिक प्रतिवेदन तथा आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष गुरुङले राष्ट्रियता का निम्ती सवै समुदाय जागरुक भएर लाग्नु पर्ने बेला आएको बताए । भारतीय विस्तार वादी प्रभुत्वका विरुद्घ सङ्घर्ष गनुपर्ने बताउदै त्यसका लागि युवाशत्ति एक जुटहुनु पर्नेमाजोड दिए ।

कार्यक्रममा तिलोत्तमावडा नं १६ का वडाअध्यक्ष झविलाल  भुसाल,सल्लाहकारहरु टिकाराम पाण्डे,कृष्ण प्रसाद शर्मा बस्याल,ईश्वरी ज्ञवाली,युवराज  पाण्डे,लिस्नु युवाक्लवका अध्यक्षतारा मल्लल गायतले बोल्दै युवा संजालले युवा केन्द्रित कार्यक्रमलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस