मुस्लिम धर्मगुरुको जन्मोत्सवमा बिरामीलाई फलफूल

तिलोत्तमा । मुस्लिम धर्मगुरु पैगम्बर हजरत मोहम्मद मुस्तफाको १४९४ औं शुभजन्मोत्सवको अवसरमा रजा ए मुस्तफा मस्जिद समिति बुटवलले शनिबार लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।

समितिका अध्यक्ष हाजी मकवुल मियाको अध्यक्षतामा भएको फलफूल वितरण कार्यक्रमको उद्घाटन लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले गरेका थिए । त्यस अवसरमा उनले मुस्लिम धर्मगुरुको जन्मोत्सवमा सामाजिक र सेवामूलक कार्य गर्नु सह्रानीय रहेको बताए । उनले अस्पतालको नयाँ बन्ने संरचनामा सबै धर्मावलम्वीको प्रार्थनाका लागि स्थानको व्यवस्थापन गर्न पहल गर्ने बताए ।

समितिका अध्यक्ष मकबुल मियाले असहाय तथा बिरामीहरुको सहयोगका लागि आफ्नो संगठन निरन्तर लागिरहेको बताउंदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष हाजी रहमद खां, सचिव अब्दुल सहमत लगायतले उपचाररत बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामनाका साथ कार्यक्रम आयोजना गरिएको बताए ।

लुम्बिनी अञ्चल अस्पतालमा उपचाररत करिव तीन सय जना बिरामीलाई फलफूल वितरण गरिएको थियो । शुभजन्मोत्सवकै अवसरमा समितिले बुधबार विहान बुटवलमा रहेको रजा ए मुस्तफा मस्जिददेखि ¥याली समेत निकाल्ने भएको छ । र्याली निकाल्नका लागि विभिन्न समति बनाई तयारी पुरा गरिएको अध्यक्ष हाजी मकवुल मियाले जानकारी दिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस