टेन्डर फाराम च्यातेको आरोपमा ७ पक्राउ

बाँके  । बाँके राष्ट्रिय निकुञ्जले आह्वान गरेको टेन्डर बुधबार दिउँसो युवाको एक हुल निकुञ्जको ओभरीस्थित कार्यालयमा प्रवेश गरेर टेन्डरको कागजात च्यातेको आरोपमा सातजना युवालाई नियन्त्रणमा लिएको छ ।

 पक्राउ गरी अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएपी हेमबहादुर शाहीले बताउनुभयो । निकुञ्जभित्र दुईवटा सुरक्षा पोस्ट भवन र पर्खाल निर्माणका लागि खुलाएको टेन्डर दर्ता गर्ने क्रममा युवाको एक समूह कार्यालय परिसरमा प्रवेश गरेर टेन्डर फाराम च्यातेको उहाँको भनाई छ  ।

युवाको समूहले अर्को पक्षले दर्ता गर्न लागेको टेन्डर नियन्त्रणमा लिएर च्यातेपछि विवादसमेत भएको शाहीले बताउनुभयो । युवाको समूह टेन्डर फाराम च्यातेर फरार भएको थियो । ‘पक्राउ परेकाहरूको बारेमा अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि मात्र वास्तविक व्यक्तिको पहिचान हुनेछ,’ उहाँले भन्नुभयो ।

टेन्डर फाराम च्यातेपछि टेन्डर प्रक्रिया प्रभावित भएको निकुञ्ज प्रशासनले जनाएको छ । ५० लाखको दुईवटा सुरक्षा पोस्ट भवन र १९ लाखको पर्खाल निर्माणका लागि टेन्डर आह्वान गरिएको थियो । युवाको समूहले टेन्डर च्यात्नुभन्दा पहिले आठवटा दर्ता भइसकेका थिए । ‘टेन्डर फाराम च्यातेपछि दर्ता भएका समेत बदर गरिको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले भन्नुभयो, ‘परेका सबै टेन्डर बदर गरी नियमानुसार गरिने भएको छ ।’ निकुञ्ज कार्यालयले तोक लगाइसकेका दुईवटा र अन्य टेन्डर फाराम युवाको समूहले च्यातेको उनले बताए । उहाँले टेन्डरका लागि पुनः सूचना प्रकाशन गर्ने बताउनुभयो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस