महराविरुद्ध पीडितले दिइन किटानी जाहेरी, अदालतबाट पक्राउ पुर्जी लिने तयारीमा प्रहरी

यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ ।

संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले महराविरुद्ध महानगरीय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी हुन् ।

महानगरीय प्रहरी परीसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले महराविरुद्ध पीडितले किटानी जाहेरी दिएको पुष्टी गरे । ‘जाहेरी परेको छ,’ उनले भने, ‘जाहेरी पश्चातका कानुनी प्रकृया सुरु हुँदैछ ।’

जाहेरी परेपछि अदालतबाट महराविरुद्ध पक्राउ पुर्जी लिने प्रयास प्रहरीले सुरु गरेको छ । पूर्व सभामुख महरासँग जोडिएको सो घटना प्रक्रिया गएको प्रहरीको भनाई छ ।

शाहीले १३ असोजमा महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै सञ्चारमाध्यममार्फत सार्वजनिक गरेकी थिइन् । गत आइतबार घटना भएको शाहीले सार्वजनिक गरेपछि नेकपाको सचिवालय बैठकले महरालाई सभामुखबाट राजनीमा गर्न निर्देशन दिएको थियो ।नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस