राप्ती नदीको गुरुयोजना तयार : ११ जलविद्युत्, ३ बाँध बनाइने

दाङ । सरकारले रोल्पाबाट दाङ हुँदै भारतसम्म पुग्ने राप्ती नदी जलाधार क्षेत्रको गुरुयोजना तयार पारेको छ ।

११ स्थानमा जलविद्युत् र तीन स्थानमा उच्च बाँध निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा उर्जा आयोगले कन्सनटेन्सीमार्फत रोल्पाको थवाङदेखि सुरु भएर भारतीय सिमाना लक्ष्मणपुर बाँधसम्म पुग्ने राप्ती नदीको गुरुयोजना तयार पारेको हो ।

प्रस्तावित गुरुयोजनामा प्रदेश ५ का मुख्य नदीहरू, राप्ती जलाधार क्षेत्र, उपजलाधार क्षेत्र, नदीको स्लोप, मासिक वर्षा, औसत वर्षा, जलप्रवाह, पानीको उपलब्धता, माडी–दाङ डाइभर्सन, सिक्टा आयोजना, प्रगन्ना सिँचाइलगायतका विषय समेटिएकोे छ ।

नदीमा साढे चार अर्ब घनमिटर पानी रहेको र थवाङदेखि लक्ष्मणपुर बाँधसम्मको तीन सय ४० किलोमिटर क्षेत्रमा उर्जासँग सम्बन्धित ११ वटा आयोजना सञ्चालन गर्न सकिनेछ  । यो भारतको ठूलो भूभागमा सिँचाइ सुविधा पु(याउन अन्तर्राष्ट्रिय नदीसमेत भएकाले झन्डै साढे दुई अर्ब घनमिटर ९पचास प्रतिशत० पानी भारतका लागि छाड्ने उल्लेख छ ।

आधा पानीले मात्र प्रस्तावित ११ आयोजना पूरा गर्न सकिने गुरुयोजना निर्माण टोलीका उपप्रमुख तथा पूर्वजलस्रोत सचिव शीतलबाबु रेग्मीले जानकारी दिए । लामो समयदेखि चर्चामा रहेको नौमुरे जलविद्युत् आयोजना मात्र दुई सय ४५ मेगावाट बिजुली उत्पादन गर्न सकिने रेग्मीले जानकारी दिए । नौमुरेमा एक सय ८७ मिटर अग्लो बाँध निर्माण गरेर दुई सय ४५ मेगावाट विद्युत् उत्पादन गर्न सकिने तर त्यसलाई बिहान–बेलुका प्रयोग गर्न सकिने अवस्था रहेको उनले जानकारी दिए ।

घोडागाउँ र भालुवाङमा बाँध
प्युठानको नौमुरेसँगै उर्जा र सिँचाइको लागि रोल्पाको घोडागाउँ र दाङको भालुवाङ क्षेत्रमा बाँध निर्माण गर्नुपर्ने गुरुयोजनामा प्रस्ताव छ । पहिले रोल्पाको कपासेनीमा बाँध बनाएर २३ किलोमिटर सुरुङमार्फत दाङमा पानी ल्याउने गरी अध्ययन भए पनि अहिलेको गुरुयोजनमा त्यसलाई परिवर्तन गरिएको छ । रोल्पाको घोडागाउँबाट २६ किलोमिटर लामो सुरुङ खनेर माडी नदीको पानी दाङ ल्याउने गरी अध्ययन गरिएको रेग्मीले जानकारी दिए । ‘पहिलेभन्दा तीन किलोमिटर लामो सुरुङ भएता पनि यो सहज हुने देखिन्छ,’ रेग्मीले भने ।

घोडागाउँमै एक सय ५६ मेगावाट विद्युत् उत्पादनका लागि चीन र नेपाल सरकारको कम्पनीबीच चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा सम्झौता भइसकेको छ । यस्तै, दाङको भालुवाङनजिकै ६० मिटर अग्लो बाँध बाधेर ड्याम बनाउने र त्यहाँबाट कपिलवस्तु क्षेत्रमा पानी पु(याउन सकिने गुरुयोजनामा उल्लेख गरिएको छ ।

भारतीय दबाबका लागि कूटनीतिक पहल
तीन सय ४० किलोमिटर कुल लम्बाइ रहेको राप्ती नदी दक्षिणतर्फ समथर भएकाले माथि जलविद्युत् र तल सिँचाइका लागि बाँध निर्माण गर्न सकिने गुरुयोजनामा उल्लेख छ  । अध्ययनका अनुसार राप्ती नदीमा मात्रै ११ स्थानमा जलविद्युत्को लागि सम्भावित स्थानहरू रहेका छन् । प्रगन्ना, सिक्टा, वड्कापथलगायत आयोजनाहरू पनि सञ्चालन गर्न सकिने बताइएको छ ।

बीच पहाडबाट बग्ने नदीहरूमध्ये सबैभन्दा ठूलो राप्तीबाट मात्रै वार्षिक साढे चार अर्ब घनमिटर पानी भारतमा जाने गरेको छ । तर, घोडागाउँ बाँध निर्माण, नौमुरे जलविद्युत् आयोजना र भालुवाङ बाँध बाधेर प्रयोग गर्दा नदीमा पानीको बहाव घट्दै जाने र भारतमा पानी कम हुने गुरुयोजनामा उल्लेख छ ।

जसका कारण राप्ती नदीमा पानीको उपभोगका लागि आयोजनाहरू सञ्चालन गर्दा ठूलो राजनीतिक दबाब आउने उर्जा मन्त्रालयका सचिव माधव बेल्वासेले बताए  । ‘हाम्रा आयोजनाहरू ५० प्रतिशत पानीले पनि पूरा हुन सक्छन् । उनले भने ‘तर यता आयोजना सञ्चालन गर्दा भारतमा असर पर्ने भएकाले ठूलो दबाब आउन सक्छ यसका लागि कुटनीतिक पहल आवश्यक छ ।’ आयोजना सञ्चालन गर्दा ५५ प्रतिशत पानी भारतमा जाने र नेपालमा ४५ प्रतिशत मात्र पानीको उपभोग हुने तथ्यांकले बताएको छ ।

गुरुयोजना कार्यान्वयन हुन्छ स् मन्त्रालय
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लामो समय लगाएर निर्माण गरिएको गुरुयोजना कार्यान्वयन गर्न मन्त्रालय तयार रहेको बताए । उनले सबै आयोजनालाई पानी पु(याएर भारतलाई पनि आधा पानी दिन सकिने बताए । उनले प्रभावित क्षेत्रका नागरिकले आशंका गर्नुपर्ने अवस्था नरहेको बताए । यस्तै, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले राप्ती नदीले प्रदेशका सबैजसो भूभागलाई छुने भएकाले यसको गुरुयोजनाले सम्पूर्ण प्रदेशलाई नै विकसित गराउने बताए ।नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस