ट्याक्टर र मोटरसाइकल दाजुभाइको मृत्यु

नेपालगञ्ज ।  ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दाजुभाइको मृत्यु भएको छ । राप्तीसोनारी–७, फत्तेपुरमा रहेको राधाकृष्ण मन्दिर चोक नजिकै भे १ त २९०१ नम्बरको ट्याक्टर र म २ प ७०३४ नम्बरको मोटरसाइकल  ठोक्किँदा मृत्यु भएको हो ।

ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा रहेका दाजुभाइ (दाइभाइका छोरा) २४ वर्षको सुमनकुमार थारु र १५ वर्षका सन्जीव धम्लहवाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरका चालक फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रहरी निरीक्षक मानबहादुर विसीका अनुसार, शुक्रबार राती साढे दुई बजे दुर्घटना भएको थियो ।

दुर्घटना लगत्तै घाइतेलाई उपचारका लागि नेपालगञ्ज नर्सिङहोम ल्याइएको थियो । तर, अस्पताल नपुग्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस