भिरबाट लडेर खड्कको मृत्यु

प्युठान। प्युठान जिल्लाको नौबहिनी गाउँपालिका-५ डामृका ५६ वर्षीय वृद्ध खडक बहादुर जि.सी. को भीरबाट लडेर मृत्यु भएको छ।

गत शुक्रवार कसैलाई थाहै नदिइ घरबाट हिँडेका जिसी तीन दिन सम्म पनि घर फर्केर नआएपछि खोजतलास गर्ने क्रममा घरनजिकै रहेको कर्मेकांडा भीरमा मृत अवस्थामा फेला परेका थिए।

घट्नास्थल प्रहरी चौकी डामृबाट चार किलोमिटर पश्चिममा पर्छ।उक्त स्थानमा चौकीबाट प्रहरी टोली खटेर कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणको लागि जिल्ला अस्पताल बिजुवार पठाएको छ।
प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भईरहेको छ।

राधिका भुसाल

भुसाल प्युठान संवाददाता हुन्।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस