ट्रिपरको ठक्करबाट १ को मृत्यु, १ घाइते

सुनवल। पश्चिम नवलपरासीमा सवारीसाधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ बाइपासचोकमा   भैरहवाबाट परासीतर्फ आउदै गरेको लु १ ख ५६५८ नम्बरको ट्रिपरले बिपरीत दिशाबाट आउदै गरेको लु ३२ प ७५७९ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा रामग्राम नगरपालिका १८ बडगाउँ बस्ने ३० बर्षिय लक्ष्मण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ ।

मोटरसाइकल पछाडि सवार ३२ बर्षिय बलिराम चौधरी गम्भिर घाइते भएका छन । घाइते चौधरीको लुम्बिनी सिटी अस्पताल रुपन्देहिमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

ठक्कर दिने ट्रिपर र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ भने छ भने ट्रिपर चालक फरार रहेको  र अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस