विप्लव समूहका २ जना पक्राउ

 नवलपरासी । बिहीबार राति जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले नेत्रविक्रम चन्द विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ ।

नवलपरासी मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट विप्लव समूहका जिल्ला सदस्य  २६ वर्षीय गोविन्द विक र ३५ वर्षीय गणेश विकलाई पक्राउ गरेको प्रहरीले  जनाएको छ ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस