एक युवा मृत अवस्थामा फेला

प्यूठान ।  एक युवा मृत अवस्थामा फेला परेका छन् । झिमरुक गाउँपालिका १ सौतामारेका ३३ वर्षीय दिन बहादुर शिवभक्ती प्यूठान नगरपालिका– ९ गुरीगाउँमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिनुभयो ।

स्थानीयले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनाबारे अनुसन्धानको लागि प्रहरी नायव निरीक्षकसहितको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस