जापानको आँधीमा परेर ६३ जनाको मृत्यु

जापान । जापानमा आँधीपछि साताब्यापी बाढीमा परेर मृत्यु हुनेको संख्या ६३ पुगेको छ । ११ जना थपको मृत्यु भएको अनुमान गरिएको छ ।
जापानको मन्त्रीपरिषद्का मुख्यसचिव योशिहिदे सुगाका अनुसार मध्य तथा उत्तरी जापानमा गएको टाइफुनमा २०० जना घाईते हुनुभएकोमा ३० जना सिकिस्त छन् । मुख्यसचिव योशिहिदेले आँधीमा उद्धार गरिएकाहरुको खाना र बसोबासका लागि ६५ लाख अमेरिकी डलरको थप व्यवस्था गरिएको बताउनुभयो ।

‘हैबिस’ नाम दिइएको उक्त ‘टाइफुन’ गत् शनिबार मध्य तथा उत्तरी जापानमा जाँदा भारी वर्षाले २०० नदीको जलस्तर बढेर हजारौं घर परिवार डुबान र विस्थापित भएको थियो । ५० वटा बाँध भत्किएको छ । १२ हजार घरमा अझै विद्युत आपूर्ति हुन सकेको छैन्, एक लाख १६ हजार घरमा पिउने पानीको अभाव देखिएको मुख्यसचिव सुगाले जानकारी दिनुभयो ।-एजेन्सी

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस