मुटु रोग बाट बच्नका लागि खानपिन ध्यान दिनु पर्ने : नगरप्रमुख भुसाल

सूर्य भुसाल 

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले मुटु रोग बाट बच्नका लागि खानपिन आहार बिहारमा ध्यान दिनु पर्ने बताउनु भएको छ ।

बिश्व मुटुरोग दिबसको अबसरमा नेपाल हृदय रोग निबारण प्रतिष्ठान अर्घाखाँचीले आयोजना गरेको प्रभातफेरि पछि आयोजित कार्यक्रमलाई सन्धिखर्कमा सम्बोधन गर्दै नगरप्रमुख भुसालले मुटरोग सम्बन्धि विभिन्न खालका सिबिरहरु सञ्चालन गर्न नगरपालिकाको टिम तयार रहेको बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल प्रहरी प्रमुख प्रकाश बिष्ट ससत्र प्रहरी प्रमुख माधब रेग्मि प्रमुख अनुसन्धान अधिकृत बिनयराज चत्रुबेदि वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे कार्यलय प्रमुख हरु सस्थाका पदाधिकारी तथा सदस्य हरु आजिबन सदस्य हरु यातायात ब्यबसाहि हरु को सहभागी ता रहेको कार्यक्रम मा मुटुरोग बिषेशयज्ञ डाक्टर सुमन्त बन्जाडे ले मुटुको रोग लाग्न नदिने तथा बच्ने उपाएका बारेमा प्रकाश पार्नु भएको कार्यक्रम को सञ्चालन तथा समापन समाजिक अभियान्ता कृस्न प्रसाद भुसालले गर्नु भएको थियोे ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस