देश

सीमा जोडिएको नेपाली चौकीमा किन बम हाने भारतीयले ?

काठमाडौँ । भारतसँग सीमा जोडिएको क्षेत्रमा पर्ने रौतहटको मठिया प्रहरी चौकीमा सोमबार दिउँसो भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाको समूहले सुतली बम प्रहार गरे। बमको छर्रा लागेर सेन्ट्री पोस्टमा खटिएका प्रहरी जवान रन्जित यादबको काखीदेखि तिघ्रासम्म सामान्य चोट लागेको रौतहट प्रहरीका प्रवक्ता नविन कार्कीले जानकारी दिए। बम हानेलगत्तै भारततर्फ हुँकिएका ती दुई जनालाई प्रहरीको टोलीले मोटरसाइकलबाट लखेटेको थियो। मोटरसाइकलको पछाडि बसेका चन्दनकुमारलाई दशगजा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। मोटरसाइकलका चालक भने...

पुरा पढ्नुहोस
बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज काठमाडौँमा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा आज अपराह्न यहाँ आइपुगेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत गरेकी थिइन । विमानस्थलको सोही कक्षमा राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पहारद्वारा स्वागत गरेका थिए । यसअघि राष्ट्रपति हमिद सवार विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले स्वागत गरेका थिए । सो अवसरमा...

पुरा पढ्नुहोस
सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने : अध्यक्ष प्रचण्ड

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भारतले नेपालको कालापानीमा भूमि मिचेको स्पष्ट पार्दै ती समस्या समाधानका लागि तत्काल दुई मुलुकबीच उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताएका हुन्। उनले सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो समस्यालाई अन्तराष्ट्रियकरण गरिहाल्न भने नमिल्ने तर्क गरे। मुलुकको सार्वभौम अधिकार कायम गर्न नेपाल सरकारले...

पुरा पढ्नुहोस
नेकपा सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवासमा सुरु भएको सचिवालय बैठकले पार्टी एकताका बाँकी रहेको काम टुंग्याउने बारे ठोस निर्णय गर्ने स्रोतले बताएको छ । बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका बारे पनि चर्चा हुनसक्ने आंकलन गरिएको छ । मन्त्रीहरूको कार्यशैली चुस्त र प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गरे पनि अपेक्षित परिणाम नआएकामा प्रधानमन्त्री असन्तुष्ट रहँदै आएका थिए । केही समयअघि भएको समीक्षामा कामै नभएको भन्दैउनले आपत्ति जनाएका थिए ।कान्तिपुुर...

पुरा पढ्नुहोस
नेपालगन्जको जमुनाहा नाका बन्द गर्‍यो भारतले

नेपालगन्ज । भारतले शनिबार बिहान ६ बजेदेखि नेपालगन्जस्थित जमुनाह नाका बन्द गरेको छ । भारतमा लामो समयदेखि अयोध्याको राम मन्दिर र बाबरी मस्जिदको विवाद कायम छ । शनिबार भारतको सर्वोच्च अदालतले यसबारे फैसला सुनाउँदैछ । यसैका कारण नाका सिल गरेको भारतीय पक्षले जनाएको छ । भारतबाट नेपालतर्फ आउने पैदलयात्रीलाई प्रवेश दिइएको भएपनि कुनै सवारी साधन चल्न दिइएको छैन् । भारतको उत्तर प्रदेशमा पनि आकस्मिक सेवा बाहेकका अन्य सबै सेवाहरु पूर्णरुपमा बन्द...

पुरा पढ्नुहोस
‘गो ब्याक ईन्डिया’ भन्दै विद्यार्थीद्वारा प्रर्दशन

रुपन्देही । भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र एकलौटी ढंगले समेटे त्यसको विरोधमा शुक्रबार बिहान रुपन्देही जिल्लाको सैनामैनामा पनि प्रदर्शन भएको छ । भारतले नेपालको भू-भाग भारतीय नक्सामा राखेको विरोधमा, शहिद नारायण पोखरेल रामापुर क्यापसका विद्यार्थीले लिपुलेक हाम्रो हो’ ‘गो ब्याक ईन्डिया’ भन्दै पुर्व पश्चिम राजमार्गमा बिहानपख प्रर्दशन गरेका थिए । अनेरास्ववियु शहिद नारायण पोखरेल रामापुर क्याम्पसले विद्यार्थीहरुको नेतृत्व गर्दै ‘लिपुलेक, कालापानी हाम्रो हो, भारतीय...

पुरा पढ्नुहोस
मलेसियामा १ नेपालीको मृत्यु

राजविराज। सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ। मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिए। अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ। यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली...

पुरा पढ्नुहोस
५७ वर्षअघि अतिक्रमित नेपाली भूमि अब औपचारिक रूपमै भारतीय नक्सामा

लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको छ । कालापानी र सुस्ताको सीमा–विवाद मिलाउन गठन भएको परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रूपमा नक्सा सार्वजनिक गरेको छ । नाकाबन्दीले बिग्रिएको सम्बन्ध पछिल्लो समय सुधारिँदै गएको वेला भारतले नेपाललाई फेरि झस्काएको छ । सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । र, कालीनदी नै नेपाल–भारत सिमाना हो । त्यसयता ४४ वर्षसम्म लिम्पियाधुरा नै कालीको...

पुरा पढ्नुहोस
सरकारले माग पुरा गर्न नसकेको वृद्धवृद्धाहरुको गुनासो

काठमाडौँ । सरकारले वृद्धवृद्धाका लागि नयाँ–नयाँ नीति ल्याए पनि उनीहरु भने अझै पनि सन्तुष्ट हुनसकेका छैनन् । देशभरका वृद्धवृद्धाको हकहितका लागि काम गर्दै आएको अग्रज सेवा नेपालले विगत आठ वर्षदेखि सङ्घर्ष गर्दै आए पनि सार्वजनिक यातायातमा छुट, अस्पतालमा छुटलगायतका माग पूरा हुननसकेको अग्रज सेवा नेपालका उपाध्यक्ष प्रभा लम्सालले गुनासो पोखिन । “हामीेले सम्पूर्ण वृद्धवृद्धाको अधिकार प्राप्तिका लागि सडकमा सङ्घर्ष गर्यौँ, तर त्यसको परिणाम हामीले सोचेजस्तो भएन”, लम्सालले भनिन । आफ्ना सम्पूर्ण...

पुरा पढ्नुहोस
तेस्रोपटक डायलाइसिस गराउन प्रधानमन्त्री आज ग्राण्डी जानसक्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रोपटक डायलाइसिस गर्नका लागि आइतबार धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लैजाने तयारी भएको छ । ग्राण्डी अस्पतालबाट बालुवाटार पुगेको चिकित्सकको टोली उनको रगतको परिक्षण गरेको र परीक्षणको रिपोर्ट आएपछि डायलाइसिस गर्न अस्पताल लगिनसक्ने स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले हिजै सचिवालय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाका बारे जानकारी दिँदै फेरी पनि डायलाइसिस गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्री आफैंले अब उनीसँग प्रत्यारोपण र नियमित डायलाइसिस मध्ये एउटा...

पुरा पढ्नुहोस