ट्रकले बसलाई ठक्कर दिदा बस चालकसहित ७ जना घाइते

दाङ । दाङको देउखुरीमा ट्रकले बसलाई ठक्कर दिदा सात जना घाइते भएका छन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा कृष्णनगरतर्फ जादै गरेको लु २ प ३२७७ नंम्वरको बसलाई विपरित दिशाबाट आउँदै गरेको ना २ ख ५४५६ नम्वरको ट्रकले ठक्कर दिदा बसका चालकसहित सात जना यात्रु घाइते भएका हुन । दुर्घटनामा बस चालक घोराही उपमहानगरपालिका– १० नारायणपुर निवासी ३२ बर्षीय शिव महरा, प्युठान जिल्ला ऐरावती गाउँपालिका–३ दारिमपा...

पुरा पढ्नुहोस
बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

दाङ । दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराहीको बसपार्कबाट तुलसीपुर जादै गरेको रा १ ख २१०६ नम्वरको बसले घोराही–१४ बालमन्दिर रोडमा रा १ प ४१७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक घोराही–१५ बस्ने १७ वर्षीय प्रदिप जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बसको ठक्करबाट घाईते भएका जिसीलाई उपचारकालागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी...

पुरा पढ्नुहोस
लागुऔषध ब्राउन सुगरसहित सात जना पक्राउ

दाङ । दाङ प्रहरीले लागुऔषध ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको छ । मंगलबार प्रहरीले घोराही उप–महानगरपालिका वडा नं. १५ प्रकृती टोल स्थित सुरेश घर्तीमगरको घरमा अबैध लागुऔषध ब्राउन सुगरको कारोवार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा ४ ग्राम ९० मिलीग्राम ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा घरधनि २१ बर्षीय सुरेश घर्तिमगर, घोराही–१५ तल्लो रतनपुर ताराकुन्ज टोल निवासी १६ बर्षीय संगीत बस्नेत, घोराही–१६ लेटार निवासी २७...

पुरा पढ्नुहोस
दाङमा डेंगुका एक सय ४ जना बिरामी

दाङ, । दाङमा करिव एक महिनाको अवधिमा जिल्लामा एक सय बढि मानिसहरुमा डेंगुको संक्रमण देखिएको छ । गत साउनको ३२ गतेदेखि हालसम्म जिल्लाका विभिन्न स्थानीय तहमा एक सय ४ जनामा डेंगु रोगको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन । जस मध्य ५९ जना पुरुष र ४५ जना महिलाहरु रहेका छन । बिरामीहरु मध्य ९४ जना उपचारपछि घर फर्किएका छन । जिल्लामा बिरामीहरुको संख्या बढ्ने...

पुरा पढ्नुहोस
साहित्यकार रेग्मीको कविता संग्रह ‘पहराको जून’ बिमोचन

दाङ  । साहित्यकार यम रेग्मीको पुस्तक ‘पहराको जून’ कविता संग्रह बिमोचन भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा भएको कार्यक्रममा कवि रेग्मीद्धारा लिखित कविता संग्रह ‘पहराको जून’ पुस्तकको बिमोचन गरिएको हो । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा डा.गोविन्द आचार्यलगायतका अतिथिहरुले पुस्तकको बिमोचन गर्नुभएको थियो । पहराको जून कविता संग्रह लेखक रेग्मीको दोश्रो कविता संग्रह हो । लेखकले यो भन्दा पहिले...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा परि दुई जना युवाको मृत्यु भएको छ । शुक्रवार राती साढे ११ बजेतिर घोराही उपमहानगरपालिका–९ घोराही–तुलसीपुर सडक खण्डको बुकालीडाडाँमा भएको दुर्घटनामा मोटरसाईकल चालक घोराही उपमहमानगरपालिका– ९ निवासी २५ वर्षीय मनोज विक र मोटसाईकलमा सवार घोराही–५ डागीगाँउ निवासी २५ बर्षीय दिपक विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई सिमेन्टको पिलरमा ठोक्किदा...

पुरा पढ्नुहोस
कालो पट्टी बाँधेर संविधानको विरोध गर्ने ६ जना पक्राउ

दाङ । टाउँकोमा कालो पट्टी बाधेर संविधानको बिरोध गर्ने ६ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । दाङको लमही बजारमा कालोपट्टी बाँधेर संविधानको बिरोध गर्ने ६ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले लमही नगरपालिकाको रातोडाडाबाट नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्जवल थपलियाले जानकारी दिए । प्रक्राउ पर्नेमा लमही नगरपालिका–५ निवासी एकराज चौधरी, लमही ३ बनगाउँका भरत चौधरी, लमही ४ का क्षेत्रपाल चौधरी, राप्ती...

पुरा पढ्नुहोस
जागरण अभियानः असन्तुष्ट कार्यकर्ता फकाउँदै कांग्रेस

दाङ। नेपाली कांग्रेस दाङले दोश्रो जागरण अभियान अन्तर्गत जिल्लामा असन्तुष्ट नेता तथा कार्यकर्ताहरुलाई फकाउन थालेको छ । प्रदेश–प्रदेशमा जागरण विगतका दिनहरुमा पार्टीमा क्रियाशिल रहेका तर विविध कारण पार्टीमा सक्रिय हुन नसकेका नेता तथा कार्यकर्तालाई जागरण अभियानका क्रममा भेटेर पकाउन थालेको हो । नेपाली कांग्रेसले थालेको दोश्रो जागरण अभियान अन्तर्गत जिल्लामा केन्द्रीय प्रतिनिधिसहित जिल्लास्तरका नेताहरु हरेक स्थानीय तहका वडा–वडामा पुगेर कार्यकर्ताहरुसँग भेटघाट गर्ने र पार्टीका बारेमा छलफल गर्ने गरेको नेपाली कांग्रेस...

पुरा पढ्नुहोस
कम्युनिष्ट सरकारका विरुद्ध लड्न पार्टीमा एकता आवश्यकः सभापति देउवा

दाङ । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारका विरुद्धमा लड्न पार्टीमा एकता आवश्यक रहेको बताएका छन । पार्टीमा एकता नहुदा कम्युनिष्टबाट आक्रमण भएको भन्दै उनले पार्टी एकढिका भएर कम्युनिष्टका विरुद्ध लड्नुपर्ने बताए । ‘नेपाली काग्रेस आपसमा नमिल्दा कम्युनिष्टबाट आक्रमण भएको छ’,पार्टी सभापति देउवाले भने,‘कम्युनिष्टका विरुद्ध लड्न पार्टीमा एकता आवश्यक छ ।’ सभापति देउवाले हिजो बाँकेमा आयोजना गरिएको जागरणसभामा आक्रमण गर्ने दोषीलाई कारवाही गर्न समेत सरकारलाई आग्रह गरेका छन । उक्त...

पुरा पढ्नुहोस
६ हजार लिटर मदिराजन्य पदार्थ नष्ट

दाङ । दाङमा प्रहरीले छ हजार लिटर मदिराजन्य पदार्थ नष्ट गरिएको छ । घोराही उपमहानगरपालिका–१८ का विभिन्न टोलबाट नियन्त्रणमा लिएको ६ हजार लिटर मदिरा जन्य पदार्थ घोराही उपमहानगरपालिका–१७ पनौरा स्थीत कटुवा खोलामा नष्ट गरेको हो । प्रहरीले घोराही–१८ का फुर्सेखाली, गिठेपानी र ढोडेनीबाट अवैध घरेलु मदिरा जन्य पदार्थ नियन्त्रणमा लिएको थियो । उक्त पदार्थ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, जिल्ला प्रहरी प्रमुख जनक भट्राईको उपस्थीतिमा नष्ट गरिएको वडा प्रहरी कार्यालय...

पुरा पढ्नुहोस