कपिलको गीत ‘साला काठमाण्डौँमा’ सार्वजनिक

बुटवल । ठेलामा मःम बेच्दै गायक बनेका कपिल पौडेलको पहिलो गीत साला काठमाण्डौँ सार्वजनिक भएको छ ।

गायक बन्ने सपना बोकेर काठमाण्डौँ आएका कपिल लामो समय देखि बानेश्वर चोकमा ठेलामा मःम बेच्दै आएका छन् । उनको गायकी क्षमताको युट्युवमा चर्चा भए पछि उनी एकाएक चर्चित भएका थिए ।

कपिलले पहिलो पटक आफ्नो आवाजमा गीत निकालेका हुन्। निरज भट्टको शब्दमा रहेको गीतमा कपिलकै संगित रहेको छ।
काठमाण्डौँमा सपना बोकेर आउने युवा र उनले काठमाण्डौँमा पाउने असफलता र दुख बोल्ने गीतमा अभिनेता शिशिर भण्डारीको अभिनय रहेको छ।

काठमाण्डौँमा पाएको असफलतामा निरासा व्यक्त गर्न ‘साला काठमाण्डौँमा’ भन्ने शब्द राखिएको कपिलको भनाई रहेको छ ।

सन्तोष खनाल ‘फिल्मीकिरो’ को निर्देशनमा बनेको भिडियोमा वाइ पि घिमिरेको सिनेमेटोग्राफी रहेको छ । भिडियोलाई सन्जिप श्रेष्ठले सम्पादन गरेका हुन् ।

गीतको भिडियो नयाँ नयाँ न्युज नेपालको औपचारिक युट्युव च्यानलबाट सार्वजनिक भएको छ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस