७ भदौ २०७६ शनिबारको राशिफल

मेष- (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिने समय रहेकाले सजग रहनुहोला। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मिहिनेत गर्दा काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।

वृष- (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यवसायमा समेत फाइदा उठाउन समय पर्खनुपर्नेछ। योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत पर्ला। तापनि निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ।

मिथुन– (का, कि, कु, घ, ङ, छ, के, को, हा) बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि, साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला। आफन्तभन्दा सहयोगीका माध्यमबाट काम बनाउन सकिनेछ।

कर्कट- (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ।

सिंह- (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मसम्मानका लागि मौन रहनु बेस होला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला।

कन्या- (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। विशेष अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। तर प्रयत्न गर्दा भैपरी आउने समस्या समाधान हुनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ।

तुला- (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।

वृश्चिक- (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार तथा साझेदारीमा मनग्गे लाभ हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिनेछ।

धनु- (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा पर्न सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ।

मकर- (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लगनशीलताले अवसर दिलाउन सक्छ। श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ।

कुम्भ- (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मिहिनेत गर्दा लगानी उठाउन सकिनेछ। आवश्यक गर्दा कर्जामार्फत धन प्राप्त हुनेछ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। अवसरका लागि जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

मीन- (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस