४ भदौ २०७६ बुधबारको राशिफल

मेष- (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेनमा अलि होसियार रहनुहोला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

वृष- (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। कामले धेरैलाई आकर्षण गर्ने समय छ।

मिथुन- (का, कि, कु, घ, ङ, छ, के, को, हा) मिहिनेतले नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। साँझतिर अरूका लागि समय खर्चनुपर्नेछ भने गोप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला।

कर्कट- (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) हात लागेको रकम अरूका लागि खर्च हुन सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। साँझतिर हुने पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

सिंह- (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

कन्या- (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ।

तुला- (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। नयाँ कामको जग बसाउने समय छ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ।

वृश्चिक- (तो, ना, नि, नु, ने, नो, या, यि, यु) गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। स्वास्थ्यमा निकै नै ध्यान पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा ठूलो काम रोकिन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्।

धनु- (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमजोरी सुधार गर्ने मौका छ। तर लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। साँझदेखि भने सानातिना समस्यामै अल्झनुपपर्ला।

मकर- (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला।

कुम्भ- (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतिष्ठित काम सम्पादन हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

मीन- (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनेछन्। पुरानो सम्झौता भंग हुन सक्छ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस