३ भदौ २०७६ मंगलबारको राशिफल

मेष- (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिश्रम गर्दा अध्ययनमा प्रगति हुनेछ। आम्दानी कमजोर हुनाले कर्जा लिनुपर्ला। दिउँसोदेखि पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। परिस्थितिवश योजना सम्पन्न गर्न समय लाग्नेछ। अवसरका विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।

वृष- (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। रमाइलो यात्रा हुन सक्छ। दिउँसोदेखि परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ।

मिथुन- (का, कि, कु, घ, ङ, छ, के, को, हा) पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। मध्याह्नपछि प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ।

कर्कट- (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। तापनि दिउँसोदेखि चुनौती चिर्दै काम बनाउन सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा गुमेको अधिकार स्थापित गर्न सकिनेछ।

सिंह- (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा बोल्ने बानीले दुस्ख पाइनेछ। मध्याह्नदेखि अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुख दिनेछन्। मिहिनेत गर्दा सामान्य फाइदा हुनेछ तर आफन्तको भरपर्दा धोका हुन सक्छ।

कन्या- (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। दिउँसोदेखि पुरानो सम्झौता पालना गर्न नसक्दा साथीभाइ प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्।

तुला- (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सञ्चित रकम अरूका लागि खर्चनुपर्ला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। आत्मसम्मानका लागि मौन रहनु बेस हुनेछ। मध्याह्नदेखि चुनौती चिर्दै काम बनाउन सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्।

वृश्चिक- (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। तर प्रयत्न गर्दा भैपरी आउने समस्या समाधान हुनेछन्। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। दिउँसोदेखि न्यायका लागि सजग रहनुपर्ला। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्लान्।

धनु- (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ।मध्याह्नदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतीक्षित नतिजाले हौसला जगाउनेछ। पारिवारिक जमघटले आनन्दित भइनेछ।

मकर- (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) श्रमलाई सजिलै रकममा रूपान्तरण गर्न सकिनेछ। व्यापार तथा साझेदारीमा मनग्गे लाभ हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। मध्याह्नदेखि व्यवसायमा लागत बढ्नेछ भने अनियन्त्रित खर्चले मन पिरोलिन सक्छ।

कुम्भ- (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। मध्याह्नपछि गरेका कामबाट प्रशस्त लाभ हुनेछ।

मीन- (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) केही बाध्यतामा अलमलिनुपर्दा चिताएको काम गर्न बाधा पर्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। मध्याह्नदेखि स्थितिमा सुधार आउनुका साथै पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। दाम र प्रतिष्ठा कमाउने अवसर जुट्नेछ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस