२९ असार २०७६ आईतबारको राशिफल

मेष – (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले विभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा विलासी बस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र,मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ । मध्यान्हबाट अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समयमा काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तह टाढिनेछन् । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । मध्यान्हबाट मेहनत गर्दा आँटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाई लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले । अवसरको खोजीमा दौडधुप गर्नुपर्ने समय रहेपनि नतिजा भने न्यून हात पर्नेछ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् ।

कर्कट – (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  पैतृक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाई लेखाई अरूभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ ।

सिंह – (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भए पनि विफल हुने ग्रहयोग रहेको छ । स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईँको निम्न स्तरको सहभागिता रहनेछ ।

कन्या – (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरू प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले ऊर्जा तथा आत्मविश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा नै हात हाल्दा व्यावसायिक रूपमा घाटा लाग्नेछ । धन सम्पत्ति तथा पैतृक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटना घट्न सक्छ । माया प्रेममा धोका हुनेछ ।

तुला – (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यवसायमा लगानी गर्न सकिने भए पनि आम्दानी गर्न केही समय कुर्नु नै पर्नेछ । पढाई लखोईमा प्रतिस्पर्धीहरूको अवरोधले पछि परिनेछ । आफन्त तथा जीवन साथी सँग मनमुटाब सिर्जना हुने सम्भावना रहेको छ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना हुने तथा अग्रज सँग राज बजिनेछ । सोख तथा विलासिताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । असम्भव व्यवहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलस्य तथा अस्वस्थताले लक्ष्यमा विलम्ब हुनेछ ।

वृश्चिक- (तो,ना,नि,नू,ने,नो,या,यी,यु) व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिुसँग प्रतिस्पर्धा गर्नुपरेपनि अन्ततः तपाइकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । पढ्न पाठनमा अलि मन नजाँदा गृहकार्यहरू समयमा सकाउन मुस्किल पर्नेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।

धनु- (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) जीवन शैली व्यस्त रहेपनि आर्थिक पक्ष कमजोर रहनेछ । कुनै पनि विवादमा सामेल नहुनु होला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । माया प्रेममा चिसोपनको विकास हुनेछ ध्यान दिनुहोला । आफन्त तथा मामा मावली पक्षसँग नजिक नहुनु तथा आजको दिन सँगै काम नगर्नु नै राम्रो रहेको छ ।

मकर- (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलोचना गर्नेहरू बढ्ने ग्रहयोग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बिच मनमुटाब बढ्नेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ ।

कुम्भ- (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । मध्यान्हबाट समय मध्यमय रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्बसाधारण सँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

मीन – (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) गलत लेखाई अथवा गलत बुझाईलो आफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने भए पनि बढिनै उत्साहित हुन खोज्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गरे पनि नाफा कमाउन बढिनै समय खर्चनु पर्नेछ । माया प्रेममा मनमुटाब सिर्जना हुने भए पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस