धर्म र संस्कृतिलाई चलाउने काम नगर्न सरकारलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसी धर्म र संस्कृतिलाई चलाउने काम नगर्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद केसीले सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोध गर्दै काठमाडौं उपत्यकाका नेवार समुदायको धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम भए उपत्यका घेरावन्दी हुने चेतावनी दिए ।

सरकारले ल्याएको विधेयकबाट गुठीयारहरु आतंकित भएको भन्दै उनले विधेयक उपत्यकाबासीलाई स्वीकार्य नहुने चेतावनी दिए । धर्म संस्कृतिको संरक्षणको लागि मण्डलामा आएका सर्वसाधरणलाई सरकारले निर्मम ढंगले लाठी प्रहार गर्ने काम भएको भन्दै उनले घटनाको घोर भत्र्सना गरे । -नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस