१ जेष्ठ २०७६ बुधबारको राशिफल

मेष – (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) न्यायिक निर्णयहरु तपाईको पक्षमा फैसला नहुने हुदा त्यस्ता विषयमा आज सामेल नहुदानै राम्रो रहेकोछ । आट तथा पराक्रम गर्न नसक्दा हातमा आईसकेको काम पनि अरुकै पोल्टोमा पर्नेछ । दाजुभाई तथा छिमेकी सँग मनमुटाव सिर्जना हुनेछ । व्यापारमा लगानि गर्नको लागि केहि समय कुर्नुनै उत्तम हुनेछ । माया प्रेममा मनमुटाबको अवस्था सिर्जना नहोला भन्न सकिन्न ।

बृष- (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समाजमा राम्रा काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पारिवारिक माहोलामा जभघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा थोरै लगानि गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ ।

मिथुन- ( का,की,कू,घ,ङ,छ,के,को,हा)तपाईबाट राम्रा काम हुँने हुँनाले आफन्त तथा साथिभाईहरु खुसि हुँनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् ।

कर्कट – (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा अलि बढि समय दिनुपर्नेछ ।

सिहं – (मा,मी,मू ,मे,मो,टा,टी,टू,टे) प्राकृतिक स्रोत तथा साथनको कारोबारबाट मनग्गे आम्दानि हुनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । दाजुभाई तथा आफन्तबाट भनेजस्ते सहयोग प्राप्त हुँनाले काम गर्न थप सहज हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिचको सम्बन्ध झन कसिलो भएर जानेछ । अध्यानमा प्रगति गर्न सकिने हुँनाले गुरुवर्गहरु खुसि हुँनेछन् । सरकारि धन तथा पैतृक धन सम्पति हात लाग्ने योग रहेकोछ ।

कन्या – (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिक तथा आफुभन्दा ठुला ब्याक्तिहरु सँग सैदान्तिक बिषयमा राय बाजिनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोले लगानि नबढाउँनु नै उचित होला । अध्ययन अध्यापनमा मन नजाने हुँनाले अरुभन्दा पछि परिने निश्चित जस्तै छ । प्रेम प्रसङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव सिर्जना हुँनेछ । राजतिति तथा समाजसेवामा जनताको आलोचना सहनु पर्नेछ भने कार्यक्षेत्रमा तपाईको निर्णयको आलोचना हुँन सक्छ ध्यान दिनुहोला ।

तुला – (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रका भनेजस्तो नतिजा हात लाग्ने हुँनाले मन प्रशन्न हुँनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुँने योग रहेकोछ । धर्म तथा सस्कृतिको बचाउँमा समय खर्चनु पर्ने हुँन सक्छ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । समाजसेवामा मन जाने तथा मान सम्मानमा बृद्धि हुँने योग रहेकोछ ।

बृश्चिक – (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुँने हुँनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारि चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । मनोबल कमजोर हुँने हुँनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रनेहुँदा अरुभन्दा पछि परिनेछ । माईति चेलि बिचको सम्बन्धमाको दुरी केहि बडेजस्तो हुँनेछ ।

धनु- ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुँने हुँनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारि चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । मनोबल कमजोर हुँने हुँनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रनेहुँदा अरुभन्दा पछि परिनेछ । माईति चेलि बिचको सम्बन्धमाको दुरी केहि बडेजस्तो हुँनेछ ।

मकर- (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाई लेखाईमा मन नजाने हुँनाले प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । सत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा मामिलामा सामेल नहुँनुहोला । पाईला पाईलामा बाधा तथा अवरोध गर्नेहरु प्रसस्त भेटिने हुँदा सजक रहनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाजहरु प्रभावित हुँनेछन् । व्यापार व्यावसायमा नाफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ । प्रेममा धोका हुँन सक्छ ध्यान दिनुहोला ।

कुम्भ – (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाई लेखाईमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा निकाल्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि हुँनेछ । बौद्धिक तथा प्राज्ञिक सभा समारोहमा सहभागि भई गतिलो प्रश्तुति दिने अवसर जुर्नेछ भने आफन्त तथा गुरुवर्गहरु खुसि हुँनेछन् । आकश्मिक धन तथा मानव निर्मित र्भातिक सम्पति लाभ हुँने योग रहेकोछ । नयाँ ठाउँबाट प्रेम प्रश्ताव आउँने तथा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुँनेछ ।

मीन – (दी, दु,थ,झ,ञ,दे,दो,चा,ची) आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम भने थाति रहनेछ । आत्मिय मित्र तथा साथिभाईहरुको गलत सल्लाह मान्दा फन्दामा पर्न सकिन्छ ध्यान दिनहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा सहकारि क्षेत्रमा समय लगानि गरि मनग्गे आम्दानि हुँनेछ । पढाई लेखाईमा मन नजाने हँदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस