२७ वैशाख २०७६ शुक्रबारको राशिफल

मेष- (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट सन्तोषजनक आम्दानि हुँनेछ भने अन्य क्षेत्रमा तपाईको उपस्थिति कमजोर रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढिनै समय दिदा सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुँन सक्छ ध्यान दिनुहोला ।

बृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुँनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछ भने सत्रु परास्त हुँनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुँनाले अध्ययन अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउँदा मन हर्सित हुँनेछ ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुँनेछ ।

कर्कट- ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनिति तथा समाजसेवमा जनताको साथ तथा समर्थन रहनेछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्सित गर्न सकिनेछ । नयाँ योजना बनाई महत्वकाक्षी योजना सार्वजनिक गरे नाम तथा दाम दुवै कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता तथा सुमधुरता बढेर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ ।

सिहं- ( मा,मी,मू ,मे,मो,टा,टी,टू,टे) लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ भने बिदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेकोछ । आफन्तअरुको लागि समय दिनुपर्दा आफ्नो कामभने थाति रहनेछ । बिहानको समय राम्रो रहेकोले पढाइमा राम्रो प्रगति गर्न सकिनेछ ।

कन्या- (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आम्दानिका स्रोत पहिल्याउँन सकिनेछ भने आयस्रोतका बाटाहरु फराकिला हुँनेछन् । पैत्रिक सम्पतिको परिचालन गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लाग्ने हुँदा अध्ययनमा मन जानेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा अगाडि देख्न पाउँदा मन प्रफुल्लित हुँनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ ।

तुला – (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भनेजस्तो जीवन व्यातित गर्न सकिनेछ । सत्रु परास्त हुँनुका साथै बौद्धिक जमघटमा सैद्धान्तिक बिचार तपाईकै उत्कृष्ट ठहरिनेछ । अध्ययन तथा अध्यापनमा दुई कदम अगाडि बडि अरुलाई किनारा लगाउँन सकिनेछ । प्रेम प्रसङगमा समय बित्ने हुँदा मन प्रशन्न हुँनेछ । व्यापार व्यावसायमा मनग्गे आम्दानि हुनेछ । राजनिति तथा समाजेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद प्राप्तीको योग रहेकोछ ।

बृश्चिक – (तो,ना,नी,नू,ने,नो,या,यी,यू)लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आफन्त तथा परिवारका सदस्यहरु खुसि हुँनेछन् । व्यावसायमा भनेजस्तो आम्दानि हुँने हुँनाले आर्थिक रुपमा सबल होईनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट समारात्मक नतिजा आउँनेछ । बिहानीपखको समयमा कुनै पनि काम नगर्नुनै राम्रो हुनेछ ।

धनु – (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)रुपैया पैसा तथा धन सम्पतिको राम्रो सँग व्याबस्थापन गर्नुहोला हराउँने तथा चोरिने अधिक सम्भावना रहेकोछ । जीवनसाथिसँय असमज्दारि बढ्ने तथा बिश्वास गरेकाहरुबाटनै धोका हुँनेछ । पढाई लेखाईमा राम्रो नतिजा ल्याउँन बढिनै मेहनेतको खाचो रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मकर – (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)व्यापारको शिलशिलामा लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानि गरि प्रशस्त नाफा कमाउँन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् भने मनग्गे भन लाभ हुँनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुँनेछ । प्रेम सम्बन्धमा बिश्वासको बाताबरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ ।

कुम्भ – (गू,गे,गो,सा,सी,सू,से,सो,दा)बन्द व्यापार फस्टाएर जानेछ भने नया ठाउमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना नउठेका रकमहरु उठ्ने तथा लामो समय देखि देखिएका स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने अबिश्वासहरु चिर्दै रमाउन पाउदा मन प्रशन्न हुनेछ । बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

मीन – (दी, दु,थ,झ,ञ,दे,दो,चा,ची) पढाई लेखाई अरुदिन भन्दा सुध्रियर जानेछ । सवारि साधन तथा भौतिक सम्पति लाभ हुँने योग रहेको छ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झिनेछन् । व्यापारिक माहोलमा दिन बित्ने तथा व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । मिठा मिठा परिकारका साथ रमाउँन सकिने । बिहानको समयमा खानपानमा ध्यान नदिदा सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्न सक्छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस