२६ वैशाख २०७६ बिहीबारको राशिफल

मेष- (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आन्तरिक यात्राको तय हँुनेछ भने गन्तब्यमा पुग्नको लागि बिभिन्न चुनौतिहरुको पार गर्नुपर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा गरिएको लगानि बालुवामा पानि जस्तै हँुनेछ । आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ । आफन्त,छिमेकि,दाजुभाईबाट धोका तथा बिश्वासघात हुनेछ काम गर्दा ध्यान दिनुहोला । माया प्रेममा धोका तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ ।

बृष- (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बोलेर गर्ने कुनै पनि पेशा तथा व्यावसायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ ।

मिथुन- (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो समयदेखि भेट नभएका मित्र आफन्त सँग मिलान हुने हुनाले मन प्रशन्न रहनेछ । वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ ।

कर्कट- (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुनेछ भने स्वदेशि उत्पादनमा नाफा कमाउँन अलि बढि समय खर्चनु पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ भने मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ ।

सिहं- (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुँने तथा रोजगारिका अवसरहरु सिर्जना गरि रोजगार दिन सकिनेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ ।

कन्या- (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो )अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । नितिनिर्माण तहमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुपरे पनि बिपक्षहरु बाट आलोचनाको शिकार होईनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

तुला- (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ ।

बृश्चिक – (तो,ना,नी,नू,ने,नो,या,यी,यू) घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

धनु- (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिभिन्न अवसरहरुको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ । सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ ।

मकर- (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ ।

कुम्भ- (गू,गे,गो,सा,सी,सू,से,सो,दा) शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन् ।

मीन- (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आय आर्जन बढाउँन सक्नेछन् । स्थाई तथा पैत्रिक धन सम्पतिमा बिवाद आउँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस