९ वैशाख २०७६ सोमबारको राशिफल

मेष- (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पति पत्नीबिचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्‍याउला । अध्ययनमा उच्चता हासिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाइदा गराउनेछ ।

वृष- (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन अध्यापनमा अलि बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिनेछ । कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।

मिथुन- (का,की,कू,घ,ङ,छ,के,को,हा) बौद्धिक स्तर उच्चतमको रहनाले भाग्य शक्ति बलियो बन्नेछ । अध्ययन अध्यापनले क्षेत्र सफल हुनेछ । धार्मिक जगतमा ख्याति पाइने योग रहेको छ । पापीय मनोवृत्ति निश्कृय हुनेछ । दुर्घटना लगायत दैवी विपत्तिमा न्यूनिकरण आउला । नोकरीमा ख्याति बढ्ने कार्यले प्रशासित बनाउला । राजनैतिक गतिविधिबाट समाजमा प्रभावशाली व्यक्तित्वको परिचय बन्ने योग रहेको छ ।

कर्कट- (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धनस्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक वस्तुहरू जोड्न सकिनेछ । काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन,उत्तम वस्त्र तथा विलासी बस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ ।

सिंह- (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान लिनुहोला । साना तिना घरेलु समस्याले सताउनेछ भने आफ्नो भन्दा अरूकै काममा समय बित्नेछ । दिनभरि व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनमा सामान्य समस्या आउन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले सर्वसाधारणबाट भनेजस्तो समर्थन पाउन सन्तुलित व्यवहार गर्नुपर्नेछ ।

कन्या- (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने जीवन साथी सँग मनमुटाब बढ्नेछ । पढाई लेखाइमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ । विदेशमा उत्पादित सामानको व्यवसाय फस्टाएर जानेछ मने स्वदेशी सामानको व्यापारमा मन्दी आउनेछ ।

तुला- (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नीबिचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाईँको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । इच्छा तथा मनोकामनाहरू पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरू फराकिला हुनेछन् ।

वृश्चिक- (तो,ना,नि,नू,ने,नो,या,यी,यु) पैतृक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाई लेखाई अरूभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ ।

धनु- (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रशासनिक क्षेत्रमा तपाईँको वर्चस्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेको छ ।

मकर- (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा चेली माइतीबिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

कुम्भ- (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ । व्यापारमा घाटा लाग्ने योग रहेको छ भने व्यापारको सिलसिलामा गरिने यात्रा निअर्थक हुनेछ । सवारी साधन तथा विलासी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । आत्मबल तथा सम्भाव्यता गुमाउँदा आफैलाई घाटा लाग्न सक्छ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्नाले नचाहँदा नचाहँदै टाढिनु पर्ने बाध्यता आउन सक्छ ।

मीन- (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुने समय रहेको छ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ । व्यापार फस्टाएर जाने हुनाले अर्थ सङ्ग्रह मनग्गे गर्न सकिनेछ । कुनै पनि प्रतिस्पर्धामा तपाईँकै नाम आउनेछ । मामा तथा मावली पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरू स्वतः समाधान हुने योग रहेको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस