जित्यो नेपालले पहिलो पटक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज

काठमाडौं । आइतबारको मलेसिया विरुद्धको दोस्रो खेलमा आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले सात रनले विजयी भएको छ ।

मलेसियाले सात विकेट गुमाएर पुरै ओभरमा १६७ रन मात्र बनाउन सफल भएको थियो ।

शुरूमा टस जितेर नेपालले शानदार ब्याटिङ गर्दै मलेसियालाई १७४ रनको लक्ष्य दिएको थियो ।

मलेसियाको क्वालालम्पुर स्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको सो खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले उत्कृष्ट ब्याटिङ गर्दै निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो।

नेपालमा बाढी पहिरोमा धेरैको ज्यान गएकोमा शोक व्यत्त गन नेपाली खेलाडीले हातमा कालो पट्टी बाँधेर खेलेका थिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस