प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता १० जेठ ९यही शुक्रबार०देखि हुने भएको छ । यसअघि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले ८ जेठदेखि प्रधानमन्त्री कप हुने जनाएको थियो । तर, प्राविधिक कारण देखाउँदै प्रधानमन्त्री कप निर्धारित समयभन्दा दुई दिनपछि आयोजना गर्न लागिएको शनिबार जर्सी तथा खेल–तालिका सार्वजनिक कार्यक्रममा आयोजक परिषद्ले जानकारी दिएको छ ।

यससँगै प्रधानमन्त्री कपको मिति तेस्रोपटक सरेको छ । परिषद्ले सुरुवातमा १ जेठबाट प्रतियोगिता सुरु हुने जनाएको थियो ।राष्ट्रिय क्रिकेट प्रतियोगिताका रूपमा रहेको प्रधानमन्त्री कपलाई एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसले मुख्य प्रायोजन गर्ने भएको छ ।

आयोजक परिषद्ले एक्सपर्टसँगको प्रायोजन रकम नखुलाए पनि अब एक्सपर्ट नै प्रतियोगिताको मुख्य आयोजक रहेको जानकारी दिएको छ । यसैगरी, नेपालय इन्टरनेसनल प्रालिको व्यवस्थापनमा प्रतियोगिता हुने जानकारी परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले दिएका छन् । -नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस