राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी मोति माविले जित्यो

प्यूठान । ऐरावती गाउँपालिका स्तरीय अन्र्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी मोती माध्यामिक विद्यालय बरौलाले जितेको छ ।

ऐरावती गाउँपालिकाको आयोजना तथा मोति माध्यामिक विद्यालय बरौलाको सहआयोजनामा बैशाख २७ गते देखि सञ्चालन गरिएको खेलमा १ मार्च, ६ स्वर्ण, १ रजत र ४ कास्य हासिल गरि मोति माविले रनिङ्ग शिल्डको विजेता भएको हो ।

त्यस्तै धर्मोदय माध्यामिक विद्यालयले दृतिय, जनता माध्यामिक विद्यालयले तृतिय र महेन्द्र माध्यामिक विद्यालय सरङ्गबेसीले सान्त्वना स्थान पाएको छ । प्रतियोगितामा नौ वटा विधाका खेलकुद सञ्चालन भएको थियो ।

जसमा भलिबल प्रतियोगितामा छात्रतर्फ धर्मादय माध्यामिक विद्यालय प्रथम, जनता माध्यामिक विद्यालय दृतिय र दाङ्गवाङ्ग माध्यामिक विद्यालय दाङ्गवाङ्ग ले तृतिय स्थान पाएका छन् । त्यस्तै महिला भलिबल तर्फ मोति माध्यामिक विद्यालय बरौला प्रथम, धर्मोदय माध्यामिक विद्यालय जाबुन द्धितिय र जनता माध्यामिक विद्यालय बिजुलीले तृतिय स्थान पाएका छन् ।

प्रतियोगितामा हाईजम्प, लंगजम्प, ज्यामलिङ्ग, ट्रिफल जम्प, रिले दौड लगाएतका खेल सञ्चालन गरिएको खेल संयोजक बलदेव आचार्यले जानकारी दिनुभयो । प्रतियोगिता प्रथम,दृतिय र तृतिय स्थान प्राप्त गर्ने समुहलाई मेडल, प्रमाणपत्रले सम्मान गरिएको थियो ।

समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसेन ओलीले ऐरावतीमा जित हासिल गरेका खेलाडीहरु जिल्ला , प्रदेश र केन्द्रमा समेत उपस्थिती जनाई विजय हासिल गर्न आग्रह गरे । उनले भने,–‘अनुशासन सहित खेलमा सहभागी भई विजय हासिल गर्ने खेलाडीलाई बधाई तथा शुभकामना ।’

ऐरावतीका खेलाडीले जिल्लामा हुने अरु खेलमा सघाउ पुर्याउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम थापाले बताए । खेलकुद र खेलाडीको विकास गर्नका लागि अनुशासन महत्वपूर्ण हुन्छ , उनले भने,–‘अनुशासनको सबैले पालना गर्नुपर्छ ।’ आफु ऐरावती क्षेत्रकै बासिन्दा भएकाले यस क्षेत्रमा खेलकुदको विकास गर्न सबै ठाउँमा कदम चाल्ने बताएका छन् ।

त्यस्तै गाउँपालिका अध्यक्ष नवील विक्रम शाहले विद्यालयमा खेल शिक्षक नहुँदा समस्या भएको बताए । शाहले भने ,–‘खेल शिक्षक नहुँदा खेलको विकासमा चुनौती दिएको छ ।’ अगिल्लो वर्ष खेल प्रशिक्षणका लागि तालिम सञ्चालन गरिने भनिएता पनि विविध कारणले रोकिएको छ, अध्यक्ष शाहले भने–‘आगामी दिनमा यस क्षेत्रमा ध्यान दिने छौँ ।’ यस क्षेत्रका खेलाडीहरु जिल्ला, प्रदेश हुँदै केन्द्र सम्म सहभागी हुन उनले बताएका छन् ।

गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले खेलकुदले शारिरिक स्वस्थता कायम गर्नुका साथै यूवाहरुको दिमागमा रहेको नकारात्मक सोचलाई पनि बदल्न मद्धत पुर्याउछ तसर्थ अहिलेको दुनियामा खेलकुदको ज्यादै महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

विद्यार्थीहरुलाई पठन पाठनका साथै खेलकुदका विभिन्न विधाहरुमा सरिक गराउँदा उनीहरुको बिचमा रहेको खराब भावनालाई हटाई आत्मीयता र मित्रताको भावनालाई वढाउन मद्धत पु¥याउने उनको भनाई छ ।

शुक्रबार, शनीवार र आईतबार गरि ३ दिन सम्म सञ्चालन भएको प्रतियोगितामा पालिकाका मोति माध्यामिक विद्यालय बरौला, धर्मोदय माध्यामिक विद्यालय जाबुने , दाङबाङ माध्यामिक विद्यालय दाङबाङ, पद्मोदय माध्यामिक विद्यालय धुवाङ र महेन्द्र माध्यामिक विद्यालय सरङबेसीका विद्यालयका खेलाडीको उपस्थित रहेको थियो ।

राधिका भुसाल

भुसाल प्युठान संवाददाता हुन्।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस