बर्दियाको भुरी गाउँमा खो-खो खेल लिग चरणमै

बर्दिया । प्रदेश ५ को विभिन्न स्थानहरुमा आठौं राष्ट्रिय खेलकुद-२०७५ अन्तर्गतका विभिन्न खेलहरु संचालन भैरहेको छ। यसै क्रममा बर्दियाको भुरी गाउँमा महिला पुरुष तर्फको खो-खो खेल संचालन भैरहेको छ।

यसै अन्तर्गत पुरुष तर्फ प्रदेश नं १ र शसस्त्र प्रहरी बिच हिजो भएको पहिलो खेलमा शसस्त्र प्रहरीले प्रदेश नं १लाई पराजित गरि शसस्त्र प्रहरी बिजयी भएको छ भने नेपाल आर्मी र गण्डकी प्रदेश बिच भएको दोश्रो खेलमा नेपाल आर्मी बिजयी भएको छ।यस्तै प्रदेश नं २ र प्रदेश नं ३ बिच हिजो भएको अन्तिम खेलमा प्रदेश नं २ बिजयी भएको छ ।

त्यस्तै शसस्त्र प्रहरी र नेपाल आर्मी बिच भएको महिला तर्फको खेलमा नेपाल आर्मी बिजयी भएको छ भने प्रदेश नं १ र प्रदेश नं ५ बिच भएको दोस्रो खेलमा प्रदेश नं ५ बिजयी भएको छ।

यसैगरी गण्डकी प्रदेश र सुदुर पश्चिम बिच भएको हिजोको महिला तर्फको अन्तिम खेलमा सुदुर पश्चिम बिजयी भएको खो खो राष्ट्रिय रेफ्री यम बहादुर थापाले जानकारी दिनु भएको छ। खेल सुपर लिगको आधारमा भैरहेको छ।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस