अन्तराष्ट्रिय कराँते प्रतियोगिताको लागी नेपाली टोली पटना

नरेश के.सी.

पटना । भारतको पटनामा भोलि बैशाख ९ गतेदेखी हुन गईरहेको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन नेपाली राष्ट्रिय टोली बिहारको राजधानी पटना आईपुगेको छ ।

जापान गोजुरीयो कराँते डो मिसन संघको प्रमुख प्रशिक्षक के.बि रानाको नेतृत्वमा २६ सदस्यीय खेलाडी र ९ जना अफीसियलगरी कुल ३५ जनाको टोली पटना आईपुगेको हो ।

प्रतियोगीतामा नेपाल सहित ८ देशले सहभागिता जनाउने छन । प्रतियोगितामा नेपालले बिभिन्न उमेर समुह र तौल समुहमा सहभागिता जनाउने प्रमुख प्रशिक्षक रानाले जानकारी दिए ।

खेलाडीसंगै नेपालको तर्फबाट कराँते महासंघका प्रदेश ५ अध्यक्ष भरत बहादुर केसी, जापान गोजु रियो कराते डो मिसन संघका केन्द्रिय सचिव गिरी पुन,,रुपन्देही अध्यक्ष उमेश थापा मगर र चिकित्सक डा. विकास आले सहित १० जना अफिसियल , खेलाडी र पत्रकारको टोली भारत आईपुगेका हो ।

टोलीमा सहभागी कराँते महासंघका प्रदेश ५ अध्यक्ष भरत बहादुर केसीले विगतका बर्षमा जस्तै नेपाली टोलीले यस बर्षको प्रतियोगितामा पनि उच्च मनोबलका साथ प्रदर्शन गरेर स्वण पदक जित्ने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा नेपालका तर्फबाट १९ वर्षमाथिको (सिनियर) उमेर समूहतर्फ रुपा राना ५० , दिलमाया कोइराला ५५ , विपिन राना ५० , सन्तु थारु ५५ ,अमन सोती मगर ६० ,छीरीङ गुरुङ ६५ , दिलबहादुर बुढाथोकी ७० , सन्दीप चौधरी ७५ केजी तौल समुहमा प्रतिस्पर्धा गर्दै छन ।

१९ वर्षमुनीको (जुनीयर) उमेर समूहमा सुमन परियार ६० र सन्दीप चौधरी ७० केजी तथा १७ वर्षमुनीको (जुनीयर) उमेर समूहमा शिवानी बस्नेत ५०, विबिन गुरुङ ५० , सुनिल रावल ५५ , रोशन राना ६० केजीले सहभागिता जनाउदै छन् ।

१४ वर्ष मुनीको (सब जुनीयर )उमेर समुहमा इशा सारु ४०, आकृति राना ५० , प्रियंका थापा, ५५ , शाहील गुरुङ ३५ , जिवन पुन ४० ,मिलन श्रीस ४५ , प्रसुन शाही ५० ,सरोज क्षेत्री ५५ केजीले प्रतिस्पर्धा गर्ने भएका छन ।

यसैगरी १० वर्षमुनीको ( केडस) उमेर समूहमा आदित्य क्षेत्री २०, बिवेक सेन ठकुरी २५, गौरब पौडेल ३० र अमीसा पोखरेल ३० केजीले प्रतिस्पर्धा गर्ने भएका छन ।

भारतको आयोजनामा पाटलीपुत्र स्टेडियममा हुने प्रतियोगिताकोलागी विदेशी टीमका खेलाडी पटना आईपुगको अल इन्डिया कराँते फेडेरेशनका अध्यक्ष राजु थापाले बताए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस