आठौँ राष्ट्रिय खेलकुद: प्रदेश नं. २ र नेपाल प्रहरी बिजयी

दाङ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङको घोराहीमा सुरु भएको आठौँ राष्ट्रिय महिला फुटवल प्रतियोगितामा प्रदेश नं. २ ले बिजयी सुरुवात गरेको छ ।

सुदुरपश्चिम प्रदेश र प्रदेश नं. २ विच भएको उद्घाटन खेलमा २ नं. प्रदेश ० का विरुद्ध ४ गोल गर्दै बिजयी भएको हो । प्रदेश नं. २ लाई बिजयी बनाउन खेलाडीहरु निकिता ठोकरले २ गोल , रजनी ठोकर र रोशनी लिम्वुले १–१ गोल गोल गरेका थिए ।

खेलको सुरुवातदेखि नै आक्रामक खेलेको २ नं प्रदेशको जितको लागि जर्सी नं. ११ की रजनी ठोकरले खेल सुरु भएको पाँचौ मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन । त्यस्तै ३४ मिनेटमा जर्सी नं. १३ कि खेलाडी निकिता ठोकरले दोश्रो गोल गरेकी थिइन ।

पहिलो हाफमा २–०ले पछि परेको सुदुरपश्चिम खेलको लयमा फर्किन नसक्दा दोश्रो हाफमा पनि दुई गोल खान पुगेको थियो । दोश्रो हाफको ४२ औँ मिनेटमा जर्सी नं. १० कि रजनी लिम्वु र ४४ मिनेटमा जर्सी नं. १३ कि निकिता ठोकरले चौथो गोल गर्दै २ नं. प्रदेशको जीत सुनिश्चित गरेकी थिइन ।

यसैविच बुधवार भएको दोश्रो खेलमा नेपाल प्रहरीको महिला टिम विजयी भएको छ । प्रहरीको महिला टिमले प्रदेश नं. ३ लाई ० का विरुद्ध ४ गोल गर्दै जितेको हो । नेपाल प्रहरीको जितका लागि खेलाडीहरु अमृता जैशी र निर्मला बिकले समान २–२ गोल गरेका थिए ।

जिल्ला खेलकुद विकास समितिका सदस्य सावित्रा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाकी सचेतक शान्ता चौधरीले प्रतियोगिताको उदघाटन गरेकी हुन ।

११ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र ३ विभागीय टोली गरि दश वटा समूहको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गतका पाँच खेलहरु रुपन्देही र पाँच खेलहरु दाङमा भईरहेका छन ।

लिलाधर वली

वली दाङका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस