आज आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

नेपालगन्ज । आज (बिहीबार)  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन हुँदै छ ।

उद्घाटन हुने नेपालगन्ज रंगशालाको तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार अबेर रातिसम्म पनि उद्घाटन हुने रंगशालालाई अन्तिम रूप दिने तयारीमै आयोजक लागेको छ ।

सर्वाधिक चासोका रूपमा रहेको नेपालगन्ज रंगशालामा राति र दिउँसो दुवै सिफ्टमा काम भइरहेको छ । दुवै सिफ्टमा काम गर्ने वातावरण बनेका कारण समयमै प्रतियोगिता उद्घाटन गर्ने गरी पूर्वाधार तयार भएको हो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस