कपिलवस्तुमा महिला फुटबल सुरु

कपिलवस्तु । आज (बुधबार) देखि कपिलवस्तुमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिता सुरु भएको छ।

कपिलवस्तुको वाणगंगामा अवस्थित बुद्ध रंगशालामा सुरु भएको प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइदै छ । प्रतियोगिताको पहिलो खेल प्रदेश ४ र प्रदेश ६ बीच अहिले भइरहेको छ ।

आजको दोश्रो खेल अपरान्ह प्रदेश १ र सशस्त्र प्रहरीको एपिएफबीच हुने छ । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।

प्रतियोगितामा प्रदेश १, प्रदेश ४, प्रदेश ६, त्रिभुवन आर्मी क्लब र एपिएफ सहभागी छन । समूह चरणको पहिलो खेल कपिलवस्तुमा भए पनि दोस्रो चरणको खेल आजै नै दाङमा हुँदैछ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस