आठौं राष्ट्रीय खेलकुुद अन्तर्गतको लन टेनीस सम्पन्न

मिलन गाहा

बुुटवल । बुुटवलमा सञ्चालित आठौं राष्ट्रीय खेलकुुद अन्तर्गतको लन टेनीस खेल आज सकीएको छ। लन टेनीस खेलमा विभागीय टिम आर्मी र एपीएफले अधिकांस ईभेन्टमा कब्जा जमाएको हो।

पुुरुष टिम ईभेन्टमा एपीएफले स्वर्ण पदक जितेको छ भने नेपाली सेना रजत तथा एनआरएन टिम र गण्डकी प्रदेशले कास्य पदक जित्न सफल भएका छन।

महीला ईभेन्टमा भने नेपाली सेनाले स्वर्ण पदक हात पार्न सफल भएको हो भने एपीएफले रजतमा चित्त बुुझाउनुु पर्यो त्यस्तै प्रदेश ३ र गण्डकी प्रदेशले कास्य पदक प्राप्त गर्न सफल भए।

पुरुष एकल ईभेन्टमा एनअनरएनका संरक्षक भुुषण बज्राचार्य स्वर्ण पदक,नेपाली सेनाका प्रणब खनाल रजत तथा एपीएफका सन्तोष खत्री र गण्डकी प्रदेशका प्रदीप खड्काले कास्यमा चित्त बुुझाउन पर्यो।

महीला एकल ईभेन्टतर्फ एपीएफका प्रेरणा कोईराला स्वर्ण नेपाली सेनाका अभीलासा बिस्ट रजत पदक र नेपाली सेनाकै आईराएम रावत र प्रदेश ३ का रायना शाहले कास्य पदक जित्न सफल भए।

पुुरुष युुगल ईभेन्टतर्फ एपीएफका जितेन्द्र परीयार आईभन्हो लिसानोभीचको जोडीले स्वर्ण पदक हात पार्न सफल भए भने गण्डकी प्रदेशका प्रदीप खड्का र नबीन मगरको जोडीले रजत पदक हात पारेका छन। भने गण्डकी प्रदेशकै धरम लामिछाने र अनील साईको जोडीले कास्य पदक तथा एपीएफका छेवाङ्ग लामा र सन्तोष खत्रीले कास्य पदक जितेका छन।

त्यस्तै महीला युुगल तर्फ एपीएफका सलोनी तामाङ र अस्लेशा लिसानोभीचको जोडीले स्वर्ण पदक कब्जा जमाउन सफल भए भने एपीएफकै प्रेरणा कोईराला र एनी माथेमाको जोडीले रजत पनी कब्जा गरे गण्डकी प्रदेशका श्रीया भट्राई र रोमीका बुुद्धाचार्यको जाडीले कास्य पदक भने नेपाली सेनाका अभीलाषा बिष्ट र आईरा एम रावतको जोडीले कास्यमा चित्त बुुझाए।

मिश्रीत ईभेन्टमा एपीएफका आईभन्हो लिसानोभीच र अस्लेशा लिसानोभीचको जोडीले स्वर्ण पदक हात पारे भने नेपाली सेनाका प्रणब खनाल र अभीलाषा बिष्टको जोडीले रजत पदक प्राप्त गरे त्यस्तै गण्डकी प्रदेशका अनील साई र गंगा शर्माको जोडीले कास्य तथा नेपाली सेनाका तर्फबाट अभीनब आचार्य र आईरा एम रावतको जोडी पनी कास्यमा चित्त बुुझाउन बाध्य भएको हो।

बिजेता खेलाडीलाई प्रदेश ५ का सांसद तथा नेकपा प्रमुुख सचेतक भुुमीस्वर ढकाल, लन टेनीस संघका केन्द्रीय अध्यक्ष ज्योती राणा, जिल्ला खेलकुुद बिकाश समितिका अध्यक्ष योग गुुरुङ्ग, बुुटवल उपमहानगरपालीका वडा न. ११ का अध्यक्ष रामचन्द्र क्षेत्री लगायतले प्रमाणपत्र तथा शिल्ड र मेडल प्रदान गर्नुु भएको हो।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस