भूपू सैनिक कपको उपाधि आयोजकलाई

मिलन गाहा

बुुटवल । गत चैत्र २३ गतेदेखी बुटवल उपमहानगरपालीका १३ बेलबास सालघारीमा सञ्चालित तेस्रो भूपू सैनिक कप नकआउट फूटबल प्रतियोगिताको उपाधि आयोजक भूपू सैनिक जबई स्पोर्टिङ क्लबले जितेको छ ।

आइतबार हिजो सम्पन्न फाइनल खेलमा फूलबारी गाइज बुटवललाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधिमाथि कब्जा जमाएको हो ।

निर्धारित समयसम्म दुबै टिमले एक–एक गोलको बराबरी खेलेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा भूपू सैनिक जबई स्पोर्टिङ क्लबका आशा गुरुङ,अजित गुरुङ,जय गुरुङ र दिपेश आलेको प्रहार सफल भएको थियो भने फूलबारीका तर्फबाट क्षितिजराज जीटी र आशिष गुरुङको प्रहार मात्रै सफल भएको थियो ।

यसअघि खेलको पहिलो हाफको ५ औं मिनेटमा फूलबारीका सबि गुरुङले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ९ औं मिनेटमा आयोजकका जय गुरुङले गोल फर्काएर खेललाई बराबरीमा पुर्याएका थिए ।

प्रतियोगिताको विजेता आयोजक भूपू सैनिक जबईले एकलाख ७५ हजार ५ सय ५५ र उपविजेता फूलबारी गाइजले एक लाख एक हजार एक सय ११ रुपैयां नगद प्रमाणपत्र तथा शिलड प्राप्त गरेका छन ।

बिजेता खेलाडीलाई प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ,राजस्व अनुुसन्धान प्रदेश ५ का प्रमुुख बिजय राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ,एन्फा रुपन्देहीका अध्यक्ष कुुमार केसी,आयोजक क्लबका अध्यक्ष गोपीराम पुन लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुुभएको हो।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस