दलित भएकै कारण घर निकाला- कहाँ छन् अधिकारकर्मीहरु

बुटवल । दलित भएकै कारण २० बर्षिय एलिसा विकले जिवनमा ठुलो पिडा भोग्नु परेको छ । उनलाई सासु ससुराको दबावमा घर निकाला नै गरिएको छ ।
उनलाई संगै जिउने संगै मर्ने बाचा गरेर प्रेम विवाह बन्धनमा बाधिएका श्रीमानले पनि दलित भएकै कारण साथ छोडीदिएका छन् । सल्यानको कुमाखमालिका गाउँपािलका ६ च्याउखोलामा बस्ने २२ बर्षिय टिकाराम रावत संग ३ बर्ष अघि प्रेम बिबाह गरेकी एलिसाको २ बर्षको सन्तान छ ।

तिन बर्ष अघि एलिसाले देखेका सपना त चकना चुर भए संगै उनको अनुहारको हाँसो खोसिएको छ ,आखाँमा आशु भरिएर सधै रसाइ रहेका छन् । जाजरकोटमा कक्षा ११ पढ्दै गरेकी उनलाई आफुले माया गर्ने सुख संग राख्ने सपना देखाएर रावतले ३ बर्ष अघि विवाह गरि सल्यानमा ल्याएका थिए । उनीहरुको विचबाट एक सन्तान छोरीको समेत जन्म भइसकेको छ । एलीसा अहिले घरन घाटको बनेकी छन् । उनको माईती घर जाजरकोटको मालमगाडा नगरपालिका ९ मा पर्दछ ।

उनी दलित परिवारको छोरी भन्ने थाहा पाए पछि रावतका बुवा आमा दुवै जनाले यातना दिन थाले केहि समय उनी गोठमा आश्रय लियर पतिको घरमा बसिन् । त्यस पछि पनि यातनाको कार्य कमी भएन, उनी माथी कुटपिट हुन थाल्यो । यातना सहन नसकेर पछि उनी माईती घर फर्किईन र तीन महिना अघि जातिय विभेद तथा छुवाछुद विरुद्धको मुद्धा सल्यान जिल्ला प्रहरी कार्यालयमा दायर गरिन । उनको मुद्धाका विषयमा आज सल्यानको रोगेश्वर ईलाका प्रहरी कार्यालयले जिल्ला प्रहरीकार्यलयमा असार १ गते उपस्थित हुने जानकारी गराएको छ ।

उनका श्रीमान टिकाराम अहिले सम्पर्क भन्दा बाहिर छन् केहि समय अघि एलीसालाई फोन गरेर केहो भन्दै धम्काएका थिए, टिकाराम अहिले भारतमा रहेको जानकारी प्राप्त भएको छ । प्रहरीले उनका सासु ससुरालाई केहि दिन नियन्त्रणमा लिएर छाडीदिएको छ । उनी अहिले न्याय खोज्दै विभिन्न सरोकार बाला निकायमा भौतारी रहेकी छन् । आर्थिक अभावले पनि समस्यामा छन् एलिसा उनी जागरकोटबाट सल्लायन आउन समेत भाडा छैन बस्ने खाने ठाउँ छैन । झण्डै २ बर्ष पुग्न लागेकी छोरी कोखिलामा च्यापेर उनी न्याय माग्दै हिडेकी छन् ।

मुलुक छुवा छुद मुक्त भएपनि यस्ता दर्जनौ एलिसाहरुका पीडा यथाबत छन् । साच्चै उनले न्याय पाउँलीन्त ? दलित अधिकारका नाममा पाँच तारे होटलहरुमा अधिकारका कुरा गर्ने अधिकारकर्मीहरु कहाँ छन् यतिवेला के एलिसालाई न्याय दिलाउँन सक्लान त उनीहरु ।

प्रेम सुनार

सुनार अतिथि सम्पादक हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस