अबको बर्ष विकास निर्माण उद्घाटनको बर्षः मन्त्री बिष्ट

बुटवल ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले वर्तमान सरकारको बितेको एक बर्ष नीति निर्माण बिकासको जग निर्माण गरेको र अबको बर्ष बिकास निर्माण उद्घाटन हुने दावी गरेका छन । गृह जिल्ला गुल्मी आएका मन्त्री बिष्टले मुसिकोट नगरपालिका–१ पौदीअमराई अरेवाको जनज्योती माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा बोल्दै यस्तो दावी गरेका हुन ।

अहिलेको सरकारले केही काम गरेन भन्नु पुर्वाग्राह भएको बताउँदै भने–”नेकपा नेतृत्वमा गठन भएको सरकारले मुलुकमा नयाँ र महत्वपूर्ण कामहरु अगाडि बढाइरहेको देखेर विपक्षी दलहरु आत्तिएर सरकारले केही काम गर्न सकेन भनेर हल्ला फैलाएको छन जुन पुर्वाग्रह शिवाय अरु केहि होईन ।,,

सरकाले अहिलेसम्म गरेका काम कति राम्रा र कति नराम्रा भन्ने विषयमा आफु जतिबेला पनि समीक्षा गर्न तयार रहेको बताए । सुखी नेपाली र समृद्ध नेपाल निमार्ण गर्नका लागि सरकारले काम अगाडि बढाएको छ मन्त्री विष्टले भने ”सरकारले छोटो समयमा गरेका राम्रा कामहरुदेखि डराएर प्रतिपक्षले गलत प्रचार गरेर केही हुदैन ।”

अहिल्लै आत्तिएर सडकमा आउनु आवश्यक नरहेको भन्दै उनले आगामी ४ वर्षमा धेरै काम सरकारले गर्ने दावी गरे । मुलुक विगतको तुलनामा धेरै राम्रो स्थितीमा रहेको भन्दै उनले आर्थिक समृद्धितर्फ लैजान सबैको ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

सुखी नेपाली र समृद्ध नेपाल बनाउने कुनै दलको मात्र अठोट नभएको भन्दै मन्त्री विष्टले अगाडि भने“ यो सबै नेपाली जनताको अठोट भएकाले यसलाई हातेमालो गरेर अगाडी सबै बढनुको विकल्प छैन ।” उनले सरकारले गरेका राम्रा कामहरुको समर्थन गर्न आग्रह समेत गरे । साथै उनले सरकार गठन भएको एक बर्षमा निती योजनाहरु बनाउने काम भएको र अहिले कार्यान्वयनको चरणमा रहेकाले अबको बर्ष विकास निमार्णका कामहरुको उद्घाटन बर्ष हुने उनको दावी रहेको छ ।

मन्त्री बिष्टका अनुसार सरकाले अहिले मुलुकमा विभिन्न सुरक्षाका कार्यक्रमहरु शुरु गरेको भन्दै अबको बजेटमा नेकपाको सरकारले वृद्धभत्ता लगायतका समाजिक भत्ताहरु वृद्धि गर्ने बताए ।

कार्यक्रममा बोल्दै नेकपा गुल्मीका सचिव वुद्धि जिसीले मुुसिकोट नगरपालिका लगायत गुल्मी जिल्लाको विकास निमार्णमा आफ्नो पाटीको भुमिका सधै पहिलो रहने बताए । उनले नेकपाको तीनै तहका सरकारले चुनावमको समयमा गरेका प्रतिवद्धताहरु नभुलेकाले बिस्तारै ती सबै प्रतिवद्धताहरु पुरा गरेरै छाड्ने बताए ।

प्रेम सुनार

सुनार अतिथि सम्पादक हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस