मकैले ल्याएको खुशी……..

दाङ । देउखुरी लमही नगरपालिका वडा नं. ८ निवासी हरिनारायण चौधरीको परिवार आजभोली मकै स्हार्न नै वेस्त छ । उनले करिव १५ कट्टाको मकै भर्खरै भाची सिध्याएका छन । मकैको राम्रो कोसा भएको र अघिल्लो बर्षको तुलनामा खेती समेत बढेकाले यसबर्ष राम्रो आम्दानी हुने आशा उनको छ ।

केही बर्ष पहिलेसम्म तोरी,मसुरो,गँहु रोप्ने र त्यसपछि सुख्खा हुने जमिन देउखुरीमा प्रधानमन्त्री आधुनिकरण परियोजना अन्तर्गत मकै सुपरजोन कार्यक्रम लागु भएपछि तोरी र मसुरो छोडेर मकै खेतीमा लागेको चौधरीले बताए । कार्यक्रममा लागु नहुँदासम्म थोरै जमिनमा खेती गर्दै आएका चौधरीले कार्यक्रम लागुसँगै मकै खेती गर्ने जमिन बढाएका छन । प्राविधिक सहयोग पाएपछि अहिले साढे तीन बिगाह जमिनमा मकै खेती गरेका छन । ‘पहिले घरका लागि थोरै जमिनमा हिउँदे मकै खेती गर्ने गरेको थिए,’उनले भने,‘सुपरजोन कार्यक्रमले खेत जोत्नलाई टेक्ट्ररदेखि गोड्नलाई यन्त्र सहयोग गरेपछि ठुलो स्केलमा खेती गर्न थालेको छु ।’ १५ कट्टा जमिनको मकै घरमा भित्राई सकेको चौधरीले बताए । कुनै बेलामा गोरुले खेत जोत्ने र मकै रोप्ने र फरुवाले खनेर मकै गोड्ने गरेका चौधरीले अहिले प्रविधिको प्रयोेग गरेर मकै रोप्नेदेखि गोड्नेसम्मको काम गर्ने गरेका छन । प्रविधिको प्रयोगले मकै खेती गर्न सहज भएको उनले बताए । विगत केही बर्षयता चौधरीले तीन सिजनमा मकै खेती गर्ने गरेका छन । ‘पहिले मकै खेती बर्षादको समयमा मात्र गरिन्थ्यो, धेरै पानी परेर कहिले तँ मकै नै हुँदैन थिए,’उनले भने,‘तर अहिले बर्खे मकैसँगै हिउँद र बसन्ते सिजनमा मकै खेती गर्ने गरेको छु ।’ बर्खे सिजनभन्दा हिउँदे र गर्मी सिजनमा राम्रो मकै उत्पादन हुने र घरबाटै बिक्रि हुने गरेको उनको अनुभव छ । बर्षे सिजनमा प्राय सबैको घरमा मकै खेती गरिने भएकाले बिक्रि नहुने तर हिउँदे तथा बसन्ते सिजनको मकै बिक्रि हुने गरेको छ ।

त्यस्तै लमही नगरपालिका वडा नं. २ निवासी सुरज चौधरीले १५ कट्टा खेतमा मकै रोपेका छन । च्याम्फा टेक्टर प्रयोग गरेर मकै खेती गरेका चौधरीले बर्षमा दुई सिजन मकै खेती गर्ने गरेका छन । उनले पनि राम्रो आम्दानी गरेका छन् । ‘ गर्न सके देउखुरीमा ३ सिजन मकै खेती हुन्छ’,उनले भने,‘जसबाट राम्रो आम्दानी हुन्छ ।’ उनको परिवारले पनि घरमा खानका लागि धेरै पहिलेदेखि हिउँदे मकै खेती गर्ने गरेपनि पछिल्लो समय व्यवसायीक रुपमा गर्ने गरेको छ । ‘पहिले घरमा हरियो मकै बेच्ने चलन थिएन, घरका खानका लागि थोरै खेती गरिन्थ्यो,’ सुरजले भने,‘२÷३ बर्षयता व्यवसायीक रुपमा मकै खेती गर्न थालेको छु । व्यवसायीक रुपमा मकै खेती गर्न यान्त्रीकरणको प्रयोगले सहज बनाएको छ ।’

खेत जोत्नेदेखि घरमा आएको मकैको दाना छोडाउन प्रविधिको प्रयोग बढेपछि गाउँमा धेरै मकै खेती गर्न सुरु गरेको उनले बताए । ‘जोत्नलाई टेक्टर नहुँदा गोरुको सहायताले आफै खेत जोत्नुपथ्र्याे,’उनी भन्छन,‘जसले गर्दा धेरै खेत जोत्न नसकिने र आफैले गोड्नुपर्ने भएकाले कम गरिन्थ्यो ।’ तर अहिले समय फेरिएको खेत जोत्नेदेखि मकै रोप्ने,गोड्ने र मकैका दाना छोडाउन समेत प्रविधिको प्रयोग गर्ने गरेको उनले बताए ।

त्यस्तै लमहीकै अर्की किसान देवीमाया थापाको परिवार मकै रोप्ने तयारीमा छ । तोरी रोपेको जमिन खाली भएपछि थापाको परिवारले मकै रोप्न थालेको हो । केही बर्ष पहिलेसम्म तोरी काटेपछि खाली हुने जमिन पछिल्लो समय मकै खेती गर्न थालेको थापा बताउछिन । ‘पहिले हाम्रो परिवारले बेमौषी मकै खेती गर्दैन थियौ’,उनले भनिन्,‘तर पछिल्लो गाउँमा धेरै मकै खेती गर्न थालेपछि हामीले पनि सुरु गरेका छौँ । बेमौसमी मकै खेतीले घरको आम्दानी समेत बढाएको छ ।’

पछिल्लो समय देउखुरीमा हरिनारायण चौधरी, सुरज चौधरी र देवीमाया थापाको जस्तै करिव ५ हजार परिवारले मकै खेती गर्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मकै सपुरजोन कार्यालय लमहीका सूचना अधिकारी पिताम्वर बस्नेतले बताए । सुपरजोन कार्यक्रम अन्तर्गत लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा गरि ६ हजार दुई सय ९७ हेक्टर जमिनमा मकै खेती हुने गरेको छ । जस मध्य राजपुर र गढवा यसबर्षदेखि थप भएका स्थानीय तह हुन ।

सुपरजोख कार्यक्रम लागु भएपछि बर्षमा दुई सिजन मकै खेती गर्ने किसानहरु तीन सिजन खेती गर्न थालेको बस्नेतले बताए । खेतिसँगै किसानको आम्दानीको श्रोतमा वृद्धिसँगै बाँझो रहने जमिनमा समेत कमी आएको उनले बताए । पछिल्लो समय किसानले हिउँदे, बसन्ते र बर्षे गरि तीन सिजनमा मकै खेती गर्ने गरेका छन । किसानहरुले हिउँदे सिजन अन्तर्गत असोज–कार्तिक, बसन्ते सिजन अन्तर्ग माघ–फागुन र बर्खे सिजनअन्तर्गत बैशाख–जेठमा मकै रोप्ने गर्दै आएका छन । ‘केही बर्ष पहिलेसम्म बर्षमा एक सिजन मात्र मकै खेती गर्ने किसानहरु पछिल्लो समय २÷३ सिजन खेती गर्न थालेका छन’,सुपरजोनका सूचना अधिकारी बस्नेतले भने,‘यसले किसानहरुलाई मकै खेतीतर्फ आकर्षित गरेको छ ।’ कार्यक्रमले किसानहरुलाई प्राविधिक सहयोग गर्दै आएको छ ।

परम्परागत कृषि प्रणालीलाई आधुनिकरण गर्न कृषिमा यान्त्रिकरणको प्रयोगसँगै मकै रोप्ने तरिका, सिचाईसँगै किसानले उत्पादन गरेको मकैको बजार व्यवस्थापनका लागि सहयोग गर्दै आएको बस्नेतले बताए । त्यस्तै कृषकहरुलाई उद्यमशील बनाउन क्षमता विकास,कस्टम हायरिङ सेन्टर स्थापनासँगै किसानहरुलाई यान्त्रीकरण सहयोगमा ५० प्रतिशत तथा सिचाई कार्यक्रममा ८५ प्रतिशत अनुदान सहयोग गर्दै आएको छ । सुपरजोनमा देउखुरीका चार वटा स्थानीय तहका ६१ वटा सहकारी सस्थाहरुमाफर्त किसानहरु कृषि व्यवसायमा आवद्ध रहेका छन । सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा कृिष यन्त्र उपलब्ध गराइएको छ । ६० हर्ष पावरको ट्याक्टर, मल्टिक्रप सिड ड्रिल (ठुलो ट्याक्टरमा जोड्ने), मकै खोसल्ने र छोडाउने मेसिन, ज्याब प्लान्टर मकै छर्ने हाते मेसिन, मकै गोड्ने मेसिन, चिस्यान मापक यन्त्र, सिपर, रोटाभेटर अनुदानमा उपलब्ध गराइएको छ । यस वर्षदेखि गढवा र राजपुर गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मकै सुपरजोनले आफ्नो कार्यक्रम विस्तार गरेको हो । १३ हेक्टर जमिनमा हिउँदे मकै खेती गरिएको छ ।

लिलाधर वली

वली दाङका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस