विवाह पहिलेको यौन सम्पर्क थाहा हुन्छ कि हुँदैन ?

बुटवल । नेपालमा धेरै जसोले विवाहपछि मात्र यौन सम्पर्क स्थापित गर्दछन् भन्ने कुरा विभिन्न अध्ययनबाट प्रस्ट भएको छ। तथापि, शहरीकरण, औद्योगिकीकरण तथा उच्च शिक्षासँगै विवाहपूर्व यौन सम्बन्ध राख्नेको संख्या बढेको छ। आज हामी विवाह अगाडी राखेको यौन सम्बन्ध थाहा हुन्छ कि हुँदैन भन्ने बारे चर्चा गरेका छौँ ।

विवाहपूर्व यौन सम्पर्क राखिएको कुरा थाहा पाउन गाह्रो छ। पुरुषलाई महिलाको यौनांगबारे सामान्य जानकारी हुने भए पनि आफ्नै यौनसाथीको योनिको बनावट र स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन। त्यसैले सामान्य तवरले यौन सम्पर्क राखिसकेको अथवा नराखेको योनि छुट्याउन गाह्रो हुन्छ। हाइमेन (योनिच्छद) को आधार लिन सकिन्छ तर यसको क्षति अन्य कारणले पनि हुनसक्छ भन्ने हेक्का राख्नुपर्छ।

कौमार्य भंग भए पनि लचिलो योनिच्छद नच्यातिएको हुनसक्छ भने यौन सम्पर्क वेगरको अन्य शारीरिक क्रियाकलाप (साइकल चढ्दा, घोडा चढ्दा, खेलकुद) ले पनि पातलो योनिच्छद च्यातिएको हुनसक्छ। धेरैजसो विवाहपूर्वका यौन सम्पर्क योजनाबद्ध नहुन सक्छन् । जसका कारण प्रजनन जटिलता भने निम्तिन सक्दछ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस