अध्यक्ष जिसिको टोल सुधार-जंगलमा मुख थुन्दै युवती बलात्कार

बुटवल, । जंगलमा युवतीलाई मुख थुनेर बलात्कार गर्ने बुटवलका एक टोल सुधार समितिका अध्यक्षालाई मुद्धा दायर गरिएको छ ।

घटना फागुन २९ गते रातीको भए पनि प्रहरीले अनुसन्धान गर्दै जाँदा हालै मात्र पुष्टि गरेको हो ।

बुटवल उप–महानगरपालिका वडा नम्वर–११ सुकुम्वासी वस्ती, सिर्जनानगर टोल सुधार समितिका अध्यक्ष माधव जिसी स्थानिय अन्दाजी १७ बर्षिया युवती माया शर्मा ( नाम परिवर्तन ) लाई बलात्कार गरेको आरोपमा पक्राउ परि अदालतमा मुद्धा दायर गरिएको प्रहरीले जानकारी दिएको छ ।

बुटवल ईलाका प्रहरी कार्यालय प्रमुख डिलबहादुर मल्लले नीज विरुद्ध जवरजस्तीकरणीको मुद्धा दायर गरि म्याद थप समेत गरेर अनुसन्धान अगाडी बढाईएको जानकारी दिनुभयो ।

फागुन २९ गते राती आफुलाई आफ्नो घरको छतबाट जिसीले जवरजस्ती उठाएर स्कुटीमा चढाई तिनाउ खोलाको तिरैतिर मोतीपुरको जंगलमा लगेर आफ्नै सलले मुख थुन्दै र हात बाँध्धै लगातार बलात्कार गरेको ती युवतीले प्रहरीलाई बताएकी छन् ।

उनको परिवार चैत्र १ गते दिउँसो मात्रै जवरजस्ती करणी गरेको कुरा लिएर वडा प्रहरी कार्यालयमा पुगेका थिए । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरक्षक हेम केसीले भन्नु भयो–‘ वडाबाट हामीले जवरजस्ती करणीको मुद्धा दर्ता गर्न मिल्दैन ।
महिला प्रहरी संग बुझ्न लगाउँदा ती युवतीले आफु बलात्कृत भएको बताए पछि हामीले ईलाका प्रहरी कार्यालयमा पुराएका हौं । ’

श्रोतका अनुसार प्रहरीमा आउनु अघि टोल–समाज मै मिलाउन २ देखि ५ लाख सम्म वार्गेनिङ्ग चलेको थियो । टोल सुधार गर्ने जस्तो जिम्मेवारीमा रहेका ब्यक्तिबाटै त्यस्तो विकृति हुन थालेपछि स्थानिय त्रसित भएका छन ।

प्रेम सुनार

सुनार अतिथि सम्पादक हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस