गर्भ रोक्न पुरुषको शरीरमा ‘डिभाइस’

बुटवल । यौनको विषयलाई लिएर विश्वभर वैज्ञानिक खोज तथा अनुसन्धानहरु भइरहेका छन् । यसै क्रममा केही शोधकर्ताहरु पुरुषको लागि गर्भनिरोधक औषधि बनाउन लागि परेका छन् ।

यसमा हालसम्म कुनै सफलता प्राप्त नभए पनि केही समयमा यसको उपाय बजारमा पाइने शोधकर्ताहरुको मान्यता छ ।

अनुसन्धाताहरुका अनुसार पुरुषको शरीरमा एक डिभाइस लगाइनेछ । यो डिभाइसमा एक स्विच हुनेछ र यसको माध्यमले वीर्यलाई अन अथवा अफ गर्न सकिने बताइएको छ । यो स्विच वीर्यनलीलाई ब्लक गर्न र खोल्न समर्थ हुने शोधकर्ताहरुको धारणा छ ।

यदि यस्तो प्रविधि बजारमा आएमा यसले बिल गेट्स फाउन्डेसनलाई ठूलो झट्का लाग्नेछ । किनकि बिल गेट्सले आफ्नो फाउन्डेशनको माध्यमले पुरुषको गर्भनिरोधक औषधि निर्माणमा ठूलो रकम खर्च गरेका थिए ।

यद्यपि, यो अध्ययनले उनलाई राहत दिन पनि सक्छ । किनकि यस अध्ययनका अनुसार ८३ प्रतिशत पुरुषले यस्तो स्विचभन्दा गर्भनिरोधक औषधिमा आफ्नो विश्वास रहेको बताएका थिए ।- एजेन्सी

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस