के हो यौन डर ?

एजेन्सी । यौनसम्पर्क शारीरिकजस्तो देखिए पनि यसमा मानसिक पक्षको पनि उत्तिकै भूमिका छ । अझै हाम्रो समाजमा यौनका मामिलामा खुलेर बोल्न सक्दैनन् ।

सामाजिक दृष्टिले अस्वीकार्य तथा सानै उमेरमा यौन दुव्र्यवहारमा परिएको छ भने कालान्तरमा यौन प्रति डर उत्पन्न हुन्छ  ।

कलिलो उमेरमा यौन दुव्र्यवहार वा यौन हिंसाबाट प्रताडितबाहेक आफूले मन नपराएको व्यक्तिसँगको विवाह वा वैवाहिक बलात्कारको घटनाले समेत यौनप्रति वितृष्णा जाग्ने वा डर उत्पन्न हुने हुनसक्छ । यस्तो डर नजिक हुनेदेखि लिएर चुम्बन गर्ने, नग्न बस्ने, यौन स्पर्श गर्ने, यौन सम्पर्क राख्ने कार्य सँग सम्बन्धित हुन सक्छ ।

अल्पकालीन रुपमा गोप्यता एवं एकान्त वातावरणको अभाव, यौन साथी बीच नै आत्मियताको कमी एवं प्रतिकूल वातावरणले यौन कार्य स्थापित गर्न डर लाग्छ । यसका साथै व्यक्तिमा अन्तर्निहित समस्या, अन्धविश्वास तथा शारीरिक स्थितिले पनि डर उत्पन्न हुन्छ ।

आफ्नो यौनाङ्ग सानो वा ठूलो, बाङ्गो, उत्तेजना नहुने, शीघ्र स्खलन, सुख्खा योनि, निकै कसिलो वा खुकुलो योनि, कुमारीत्व छ छैन, विवाह इतर वा विवाहपूर्वको यौन सम्बन्धको निशानी छरछैन भन्ने कुराले समेत डर सिर्जना हुन्छ । यस्तो परिस्थितिमा स्थापित यौन कार्य सफल हुँदैन ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस