महिनावारीका बेला रक्तश्राव चाँडै रोक्न के गर्ने ?

साधारणतया कोही पनि स्वस्थ महिलाको महिनावारीका बेला हुने रक्तश्राव तीनदेखि पाँचदिनसम्म रहन्छ । यसले कतिबेला निकै तनाव पनि दिने गर्छ विशेषगरी बाहिर जानुपर्ने अवस्थामा । तर कतिपय अवस्थामा आफ्नो महिनावारीको रक्तश्रावलाई प्राकृतिक रुपमा नै चाँडै समाप्त गर्न सकिन्छ ।

महिनावारीका बेला रक्तश्राव चाँडै रोक्न के गर्ने ?

सेक्स – सेक्सको क्रममा तपाईंको गर्भाशयमा केही संकुचन हुने गर्छ । विशेषगरी तपाईं चरमोत्कर्षमा पुगेका बेला यस्तो हुन्छ । यी संकुचनका कारण रगत एक झट्कामा शरिरबाट बाहिर निस्कन्छ । र तपाईंको महिनावारी चाँडै नै समाप्त हुन्छ ।

लगातार व्यायाम – तपाईंलाई व्यायाम गर्न जति नै मन नलागेपनि यदि तपाईं आफ्नो महिनावारीको रक्तश्राव चाँडै रोकियोस् भन्ने चाहनुहुन्छ भने तपाईंले थोरै मेहनत त गर्नैपर्छ । यदि तपाईं दैनिक व्यायाम गर्नुहुन्छ भने यसको असर तपाईंको महिनावारीको साइकलमा पनि पर्छ । तपाईंको रक्तश्राव निकै हल्का हुन्छ, धेरै समयसम्म रक्तश्राव भइराख्दैन । साथै, महिनावरीका बेला पेट दुखाई पनि कम हुन्छ ।

भिटामिन सी सेवन – यदि तपाईं सही मात्रामा भिटामिन सी खाइरहनुहुन्छ भने यसले तपाईंको शरिरमा प्रोजेस्टेरोनको मात्रा कम गराइदिन्छ । प्रोजेस्टेरोन एक प्रकारको हर्मोन हो जुन तपाईंको गर्भाशयमा हुन्छ । भिटामिन सीका कारण गर्भाशयको आन्तरिक सतह चाँडै नै टुट्ने गर्छ । यो महिनावारीको रगतको हिस्सा हो । जति चाँडै यो सतह शरिरबाट निस्कन्छ त्यति नै चाँडै महिनावरीको रक्तश्राव समाप्त हुन्छ । यसका लागि अत्यधिक पानी पिउन आवश्यक हुन्छ । साथै, भिटामिन सी अत्यधिक मात्रामा लिनुअघि डाक्टरसँग कुरा गर्नुहोस् । सुन्तला, कागती इत्यादिमा भिटामिन सी अत्यधिक पाइन्छ ।

हरियो सागसब्जी – यसको पछाडि एउटा थ्योरी छ । एक अनुसन्धानका अनुसार जो महिला शुद्ध शाकाहारी हुन्छन् उनीहरुको महिनावारी छोटो हुन्छ । त्यस्ता महिलामा आइरनको कमी हुने भएकाले यस्तो हुन्छ । हरियो सब्जी खाँदा कुनै नोक्सानी भने हुँदैन ।- एजेन्सी

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस